नेपालको जीत: कुबेतमा जारी एसीसी अण्डर १९ महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले मलेशियालाई ९७ रनले हराउंदै आफ्नो दोस्रो जित हात पारेको छ । नेपालले शनिबार भएको आफ्नो दोस्रो खेलमा ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रदर्शन गर्दै मलेसियामाथि ९७ रनको फराकिलो जित हात पारेको हो । नेपालको जीत पश्चात प्लेयर अफ दि म्याच सन्तोषी चौधरीलाई ट्रफी प्रदान गर्दै कुबेतका लागि नेपाली राजदूत महामहिम श्री मधुवन पौडेल ।
यूएईलाई ६८ रनले हराउदै नेपाल सेमीफाईनलमा पुग्यो एसीसी यू १९ महिला क्रीकेट प्रतियोगिता अन्तरगत कुबेतमा भएको आजको खेलमा
नेपालले लगातार तेश्रो जित हात पारेको छ । यूएईलाई ६८ रनेले हराउदै नेपाल
सेमी फाईनलमा प्रवेश गर्यो ।
कतारमा भएको खेलमा सुडानले जित्यो नेपाललाई कतार भलिवल एशोसियसनद्धारा अप्रवासी कामदाहरु विच आयोजित 'कम्युनिटिज भलिवल लिग' प्रतियोगितामा गत शुक्रवार सम्पन्न खेलमा नेपालले सुडानसंग पराजय ब्यहोरेको छ ।
प्रवासी नेपाली संघ यूएइको शारजाह र अलेनमा पनि अधिवेशन सम्पन्न प्रवासमा कार्यरत प्रवासी नेपाली संघ यूएइका केन्द्रीय, क्षेत्रिय पदाधिकारी तथा सदस्य र कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच संघले युवराज भुषालको अध्यक्षतामा आफ्नो सारजाहा क्षेत्रिय समितिको अबिधेशन सम्पन्न गरेको छ ।
खाडीमा रहेका नेपालीहरुले कमाएको रकम, उनीहरुले सिकेको शीप र विश्वका अरु विकसीत मुलुकमा रहेका नेपालीहरुको समृद्ध अनुभवलाई समेटेर मुलुकलाई सामाजिक तथा आर्थिक रुपान्तरणको बाटोमा अघि बढाउन मेरो प्रयास रहनेछ ।
अवकासको बाटोः स्वेच्छिक अवकाश रोजेका नवलपरासीको माओवादी सेना चौथो डिभिजन मुख्य शिविरमा रहेका माओवादी लडाकुहरुलाई दिने भनिएको रकम बुझेपछि खुसी एक महिला माओवादी लडाकु ।
क्षमताभन्दा बढी कैदी हुँदा समस्या जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा बढी कैदी भएपछि समस्या आएको छ । कारागार कालीकोटमा १५ पुरुष र १० महिलाको मात्र क्षमता भए पनि हाल ४१ पुरुष र तीन महिलालाई बस्न र खानाको समस्या भएको छ ।
व्यवस्थापिका संसद बैठक बस्दै लगातार अवरुद्व हुदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि बोलाइएको छ । संविधानसभा भवन नयाँवानेश्वरमा दिउँसो १ बजेपछिको लागि बोलाइएको बैठक भने सुचारु हुने वा फेरि अवरुद्व हुने भन्ने टुङ्गो लागेको छैन ।
संबैधानिक समितिको बैठक निष्कर्षविहीन भावी संविधानका विवादित बुँदामा सहमति गर्ने बारेमा छलफल गर्न बिहान बसेको संबैधानिक समितिको बैठक कुनै टुङ्गोमा नपुगी सकिएको छ ।
काठको धुलो छरेर मोटरबाटो सञ्चालन हिउँदका बेला लेले–चन्दनपुर सडकखण्डको रातामाटेदेखि खोरभन्ज्याङ बतासे काभ्रेसडकसम्म यातायात सञ्चालन हुन नसक्दा सडकभरि काठको धुलो छरेर सवारीसाधन चलाउन थालिएको छ ।
प्रज्ञाप्रतिष्ठानको कला कार्यशाला र क्यानभास प्रशिक्षण नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान चित्रकला र हस्तकला विभाग तथा वाचिमू(वास्तु, चित्र र मूर्तिकला) कला प्रतिष्ठान झापाको आयोजनामा झापाको चन्द्रगढी र बिर्तामोडमा तीनदिने क्यानभास तयारी प्रशिक्षण, कला कार्यशाला सुरु भएको छ ।
पर्यावरणीय टेलिभिजन आउँदै सामुदायिक रेडियोको विश्व सङ्गठन अमार्कको सदस्यताप्राप्त पर्यावरण चक्र रेडियो १०४.२ (इसिआर) ले आगामी फागुन ४ गतेदेखि पर्यावरणीय टेलिभिजन इटिभीको प्रसारण सुरु गर्दैछ ।
प्रमुख तीन दलको बैठक बस्दै पछिल्लो राजनीतिक विकास र शान्ति प्रक्रिया, संविधान निर्माण, राष्ट्रिय सरकार गठन लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज बस्दैछ ।
हात्तीपाइलेविरुद्धको औषधि खुवाउन सुरु हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम आजदेखि सप्तरीमा सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा सुरु भएको उक्त कार्यक्रमको आज बिहान सप्तरीका प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले औषधि खाएर शुभारम्भ गर्नुभयो ।
बाजा बजाए ब्राम्हणहरूले नुवाकोट जिल्लामा पञ्चेबाजा बजाउने ब्राम्हणहरूको अर्को समूह पनि देखापरेको छ । विवाह, व्रतवन्धजस्ता शुभकार्यमा पञ्चेबाजा बजाउनेहरू पाउन छाडेपछि नुवाकोटको गोस्र्याङ गाविसका ब्राम्हण–क्षेत्री समुदाय आफैँ सो बाजा बजाउन लागिपरेका हुन् ।
चेक हस्तान्तरण कार्य अवरुद्ध नवलपरासीमा स्वेच्छिक अवकास रोजेका एकीकृत नेकपा (माओवादी) जनसेनाका लडाकुले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै आज चेक हस्तान्तरण कार्यक्रम अवरुद्ध पारेका छन् ।
विश्व क्यान्सर दिवस मनाइयो “सबैले मिलेर गरे सम्भव छ” भन्ने नाराका साथ विश्व क्यान्सर दिवस नेपालमा पनि आज विविध कार्यक्रम आयोजना गरी मनाइयो ।
गाईलाई हेलाँ गर्ने क्रम बढेपछि संरक्षण अभियान सुरु स्याङ्जाको दार्सिङ दहथुम गाविस–३ स्थित बयरघारीमा राष्ट्रिय जनावर तथा हिन्दु धर्मालम्बीहरुले लक्ष्मीको प्रतीकको रुपमा पूजा गर्ने गाईलाई हेलाँ गरी छाडा छोड्ने क्रम बढेपछि संरक्षण अभियान सुरु गरिएको छ ।