बाल्टिमोरमा भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा हुने नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष सुरज वैद्यको नेतृत्वमा
हाल अमेरिका भ्रमणमा आईपुगेको एक प्रतिनिधि मण्डल र त्यहांस्थित
नेपालीहरुका बीच एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
यूएईमा नेपालीहरुको मृत्यु हल्ला मात्र गत शुक्रवार यूएईको पश्चिमक्षेत्र हप्सान भन्ने ठाउंमा रहेको हुण्डाई
ईञ्जिनियरिङ्ग कम्पनीमा कार्यरत नेपालीहरु तथा वंगालीहरु बीच भएको कुटपिटमा
५ जना नेपालीहरुको मृत्यु भएको भन्ने समाचार हल्ला मात्र भएको र उक्त
कुटपिटमा कोही पनि नेपालीहरु हताहत नभएको पुष्टी भएको छ ।
यूएईमा वंगालीहरुद्धारा नेपालीहरु कुटिए यूईको पश्चिमक्षेत्र हफ्सनमा रहेको हुण्डाई इञ्जिनियरिङ्ग कस्ट्रक्सन
कम्पनीमा कार्यरत करिव ३ सय नेपालीलाई वंगालीहरुले कुटपिट गरेका छन् । सोही
कम्पनीमा कार्यरत बंगालीहरुले मे १२ शनिवार रातीको समय पारी नेपालीहरुलाई
कुटपिट गरेको समाचार प्राप्त भएको छ ।
सङ्घीयता खारेज हुनुपर्छ– केसी तोकिएको समयमा संविधान निर्माण तथा सङ्घीयताको खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा वागमती क्षेत्रीय समतिले आज नयाँबानेश्वरमा कोणसभाको आयोजना ग-यो ।
इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्छुः मन्त्री शाक्य नेपाः राष्ट्रिय पार्टी अध्यक्ष एवम् नवनियुक्त मन्त्री डा केशवमान शाक्यले इमान्दारीपूर्वक आत्मविश्वासका साथ मन्त्रिपरिषद्मा आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
झापा, मोरङ र सुनसरी राज्यः तीन दलको स्वागत झापा, मोरङ र सुनसरी जिल्लालाई समेटेर छुट्टै प्रदेश बनाउने प्रमुख राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयलाई यहाँ स्वागत गरिएको छ ।
आगलागीबाट पचास लाखको सामान नष्ट नेपालगन्जको नयाँसडक बजारमा रहेको लालीगुराँस इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर ट्रेड लिङ्कमा भएको भीषण आगलागीबाट त्यस पसलको सबै सामान जलेर नष्ट भएको छ ।
उत्राइसौं दिनमा रिले अनशन स्थगित अखण्ड सुदूरपश्चिमको माग राखेर थालिएको रिले अनशन बिहीबार स्थगन गरिएको छ । सुदूरपश्चिमाञ्चल जागरण मञ्चले अखण्ड सुदूरपश्चिमको माग राख्दै विगत १९ दिनदेखि जिल्ला प्रशासन कञ्चनपुरको ढोका अगाडि गर्दै आएको रिले अनशन बिहीबार स्थगन गरिएको हो ।
सिमकोटमा बिहान ६ बजेदेखि कर्फ्यु हट्यो सिमकोटको मानसरोवर उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा भएको विवादका कारण हिजो मध्याह्नदेखि जारी गरिएको कर्फ्यु आज बिहान ६ बजेदेखि हटेको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मङ्गलबार प्रमुख राजनीतिक दलहरूबीच भएको सहमतिले जेठ १४ भित्रै संविधान जारी हुने ठोकुवा गर्नुभएको छ ।
एघार प्रदेश मान्य नहुने–अध्यक्ष थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्थाले धान्न नसकिने भन्दै ११ प्रदेश आफूहरूलाई मान्य नहुने बताउनुभएको छ ।
चौध हजार बन्दी मुक्त गर्न माग बन्दीपीडित परिवार सङ्घले देशका विभिन्न कारागारमा थुनामा रहेका १४ हजार बन्दीलाई जेलमुक्त गर्न माग गरेको छ ।
मधेसीलाई भारतीय बनाउन खोजेको आरोप तराई स्वतन्त्र न्याय मञ्च नेपालको भ्रातृ सङ्गठन स्वतन्त्र न्याय मञ्चले तीन करोड नेपालीको राय नबुझी तयार पारिएको ११ प्रदेश तत्काल खारेज गर्न माग गरेको छ ।