केही समय अघि अमेरिकामा स्थापित अन्तराष्ट्रिय कलाकार मँचको केन्द्रिय समिती हालै बिस्तार गरिएको छ ।
मन्चका महासचिब नायक रमेश उप्रेतीद्वारा जारी प्रेस रिलिज अनुसार गीत, संगीत , चलचित्र , हाँस्यब्यँग, नाट्य, बाद्यबादन, न्रित्य, प्रहसन, उदघोसण् लगायत बिबिध कलासँग सम्बन्धित कलाकारहरुलाई समेटेर गरिएको बिस्तार अनुसार बरिश्ठ लोक तथा दोहोरी गायक राम प्रसाद खनाल अध्यक्ष्य भर्जिनिया अमेरिका, बरिस्ठ नाट्यकर्मी मालती मंगले गिती नाटकका मंगले हरीबहादुर थापा ऊपाध्यक्ष्य नीयोर्क अमेरिका, थुप्रै चलचित्रमा सफल अभिनय गरेर ख्याति कमाएकी लोकप्रिय नायिका जल शाह ऊपाध्यक्ष्य साल्टलेकसिटी, अमेरिका, दर्जनौ चलचित्रका सफल नायक युबा ढुकढुकी रमेश उप्रेती महा -सचिब बाल्टिमोर अमेरिका, नायिका एबम नृत्यड.गना अनुपमा प्रसाइ कोइराला सचिब भर्जिनिया अमेरिका, चलचित्र अभिनेता, निर्देशक कृष्णमुरारी ढुङ्गेल कोसाध्यक्ष्य क्लोराडो अमेरिका रहनु भएको छ ।
केन्द्रिय कार्यसमितीका सम्मानित सदस्यहरुमा बरिश्ठ कलाकारहरु क्रमश स् नायिका शर्मिला मल्ल नेपाल, लोकप्रिय नायिकाहरु करिस्मा मानन्धर र पूजा चन्द बाल्टिमोर अमेरिका, नायक सुरेश मरहठ्हा, गायिका ममता दीप बीम क्यलिफोर्निया अमेरिका, प्यारोडी सम्राट रतन सुबेदी बाल्टिमोर अमेरिका, चर्चित नायिका एबम कुशल नृत्यंगना सारँगा श्रेष्ठ मारिल्यान्ड अमेरिका, सुप्रशिद्ध गायक गायिका एबम पप स्टारहरु क्रमशस् सुनिल उप्रेती भर्जिनिया अमेरिका, सन्जीव प्रधान र सरिस्मा आमात्य बाल्टिमोर अमेरिका, चर्चित नायक सुधाम्शु जोशी , दर्जनौ सिरियल तथा फिल्ममा कलाकार रही सकेका र बिदेशमा पनि नेपाली कला संगीत कै लागि समर्पित हरी सिवाकोटी बेलायत, चर्चित हाँस्यब्यङगकार नारायण त्रिपाठी वशिङ्टन डिशि, अमेरिका, बाद्यबादक एबम गायक खेम सङ्रौला भर्जिनिया अमेरिका, बाद्यबादक्, न्रित्यकार एबम नाट्यकर्मी राज कपुर न्यूयोर्क अमेरिका , लोकप्रिय कलाकर्मी अनिल पाण्डे क्यलिफोर्निया अमेरिका, कलाकर्मी एबम चर्चित उदघोसिका रचना सिंह सन्फ्रान्शिस्को अमेरिका, नयाँ पुस्ताका तर प्रखर लोक तथा दोहोरी गायक पवन ओली मारिल्यान्ड अमेरिका, गायिका कमला खरेल भर्जिनिया अमेरिका, छानिनुभएको छ ।
सल्लाहकार हरुमा चर्चित हाँस्यब्यङगकार राजाराम पौडेल नेपाल, बरिश्ठ नायक, निर्देशक एबम चलचित्र निर्माता कृष्ण मल्ल नेपाल, बरिश्ठ गायक एबम संगीत कर्मी मदन दीप बीम नेपाल रहनु भएकोछ ।
मँचको केन्द्रिय कार्य समिती अमेरिकामा रहेतापनि अब नेपाली कलाकारहरुको सन्ख्या र आबस्यक्ता हेरी अरु देशहरुमा पनि मन्चका शाखा हरु बिस्तार गरिनेछछ भन्दै अध्यक्ष्य खनाल एबम महा- सचिब उप्रेतीले मँचको केन्द्रिय कार्य समिती अमेरिकाका तर्फबाट एक अर्को सुचना जारीगर्दै भन्नुभएकोछ गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरुलाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तराष्ट्रिय कलाकार मँचलाई अन्तराष्ट्रिय रुपमा बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनै पनी बिधाका कलाकारहरुलाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ ।
अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देशमा यस् मन्चका शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु अन्तराष्ट्रिय कलाकार मँच,अमेरिकाको ईमेल
internationalartistsforum@gmail.com मार्फत तपाईंको विवरण पठाउन, संपर्क गर्न अनुरोध गरिन्छ
एक अर्को प्रसँगमा अध्यक्ष्य खनालले भन्नुभयो हामीसँग अझ धेरै कलाकार साथिहरु हुनुहुन्छ हामी वहाँहरु सँग संपर्क गर्दैछौ र निकट भबिस्यमै हाम्रो मन्च मा छुट साथीहरुलाई समाबेश गर्नेछौं । नेपाली कलाकारहरु भएका देशहरुमा शाखाहरु खोल्ने काम पनि सुरु गर्नेछौं ।
यसैबिच मन्चका तर्फबाट सबै कलाकारहरुले एक संयुक्त शुभकामना सन्देश प्रकासितगर्दै भन्नुभएको छस् नेपालीहरुको दोस्रो ठुलो चाड भाईटीका तिहार वा दीपावलीको पावन अबसरमा तपाईं र तपाईं का सम्पूर्ण परिवार जनहरुमा सुख शान्ति एबम उत्तरोत्तर् प्रगतीका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।ँ