|
प्रधानमन्त्री माधवकुमार नेपालले स्पेस टाइम्स्का अध्यक्ष जमिम शाहको हत्याको छानबिन गरी दोषी पत्ता लगाउन निर्देशन दिएको बताउनुभएको छ ।
नेपाल औद्योगिक विकास निगमको एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले आफूले आइतबार गृह सचिवलाई बोलाएर अपराधी पत्ता लगाउन निर्देशन दिएको उल्लेख गर्नुभयो ।
उहाँले यो घटना बडो दुःखद र निन्दनीय हो भन्दै यस्ता घटनाले अपराधीको मनोबल बढ्ने हुँदा सुरक्षा व्यवस्था सुदृढ गरिने बताउनुभयो ।
|