|
निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो भूउपग्रह टेलिभिजन च्यानल नेपालका अध्यक्ष तथा स्पेसटाइम केबुल नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक जमिम शाहलाई आइतबार अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ।
आइतबार दिउँसो मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले लाजिम्पाटस्थित फ्रान्सेली दूतावासअघि हानेको गोली लागी अध्यक्ष शाहको मृत्युभएको हो । गोली लागेका शाहलाई तत्कालै त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । सो घटनामा संलग्न अपराधीको खोजी कार्य तदारुकताका साथ भइरहेको प्रहरी प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो ।
सो हत्याले आफू स्तब्ध भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घले स्वर्गीय शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
|