|
प्रहरीले अखाद्य वस्तु मिसाइएको एक टनभन्दा बढी नक्कली मह बरामद गरेको छ । जिल्लाको चन्द्रौटाबजारमा बाटो किनारमा बेवारिसे अवस्थामा राखिएको उक्त मह आइतबार प्रहरीले बरामद गरेको हो ।
बाटो किनारमा राखिएका ७० वटा डालडाको डिब्बा र २० वटा पोकामा राखिएका मह जाँच गर्दा नक्कली ठहर भएको चन्द्रौटा इलाका प्रहरी कार्यालयका निरीक्षक गजेन्द्रकुमार चौधरीले बताउनुभयो ।
बरामद महको तौल एकहजार १४० केजी रहेको र त्यसमा चिनी तथा विभिन्न केमिकल मिसिएको प्रारम्भिक जाँचका क्रममा देखिएको छ । बरामद नक्कली महका बारेमा खाद्य तथा गुणस्तर विभागलाई जानकारी गराइसकिएको प्रशासनले जनाएको छ । मह कस्को र कहाँ लगिरहेको भन्नेबारे भने खुल्न सकेको छैन ।
|