धुम्मिएको मौसम नि उघ्रिन्छ, मुस्काउदा तिमीले हुन्छ भान भूकम्पको आँखा, जुधाउदा तिमीले साध्य छैन बर्णन गरी, चन्द्ररुपी तिम्रो मुहार अप्सरा नै लजाउछिन घुम्टो, उठाउदा तिमीले
फिका लाग्छ गुलाफ नि तिमी साथ नहुदा त काडा पनि फूल बन्छ, समाउदा तिमीले
शायद भरिएर झुटले पत्यार छैन सत्यमा'नि असत्य'नि विश्वास लाग्छ, बताउदा तिमीले
नबोलेर 'निश्चल' सधैं आँखा तरी हिंडे पनि चल्मलाउछन् मूर्तिहरु पाउजु, झन्काउदा तिमीले
|