|
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री र मन्त्रीहरुको स्वदेश र विदेश भ्रमणको सम्पूर्ण खर्च विवरण एक हप्ता भित्र उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएको छ।
लेखा समितिको सोमबार बसेको बैठकले मोबाइल फोनको गुणस्तर सुधारबारे १५ दिनभित्र विवरण पेश गर्न नेपाल टेलिकमलाई निदर्ेेशन दिएको छ। समितिको आजको बैठकमा गोरखापत्र संस्थान र नेपाल टेलिकम, नागरिक लगानी कोष लगायतका सरकारी संस्थानहरुका अध्यक्ष, महाप्रवन्धकहरु तथा मन्त्रालयका सचिवहरुसँग छलफल गरेको थियो।
समितिले यसअघि बुझाइएका खर्च विवरण अपुरो भएको भन्दै आपत्तीसमेत जनाएको छ। यसैगरी समितिको सोमबारको बैठकले पास पार्ट छपाई सम्बन्धि अनियमितता बारे जानकारी लिन आगामी फागुन २ गते परराष्ट्रमन्त्री सुजाता कोइरालालाई बैठकमा बोलाउने निर्णय समेत गरेको छ।
समितिले सरकारी संस्थानमा हुने कामाहरुका बारेमा अध्ययन गरेर माघ मसान्तभित्र प्रतिवेदन बुझाउने गरी उपसमितिसमेत गठन गरेको छ।
|