News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू साठी वर्ष अघि र पछि भाग ५ संसद बैठक सूचना टाँसेर स्थगित
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य
पत्रपत्रिकाबाट»
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
वित्तीय संकट-२ ?

नयां पत्रिका
  काठमाडौं
 

विश्वकै ठूलो रियल स्टेट कम्पनीमा गनिने दुबई वल्र्ड वित्तीय संकटमा परेको खबर सार्वजनिक भएदेखि विश्व सेयर बजार लगातार र्झन थालेको छ । अमेरिका, एसिया तथा युरोपका सेयर बजार निरन्तर र्झदै जानुले पुनः वित्तीय संकटको खतरा निम्तिएको अनुमानसमेत गर्न थालिएको छ ।
विकसित मुलुकहरूको प्रत्यक्ष लगानी दुबईमा भएकाले संकटको असर ती मुलुकमा देखिएको हो भने दुबईसँग श्रमसम्बन्ध भएका मुलुकमा पनि यसको असर ढिलोचाँडो देखिने निश्चित छ ।
विश्वका अधिकांश विकसित एवं विकासशील मुलुकको लगानी भएको दुबईको प्रमुख कम्पनीमा नगद अभाव भएको समाचारले दुबईसँग प्रत्यक्ष सम्बन्ध भएका मुलुकका बैंक तथा रियल स्टेट कम्पनीको सेयर मूल्य बिहीबारदेखि उच्च दरले तल झरिरहेका छन् । विशेषगरी दुबईमा लगानी गर्ने बैंक तथा रियल स्टेट कम्पनीहरूको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
सेयर बजारमा उच्च गिरावट आएपछि भारतीय सरकारसमेत सशंकित भएको छ । शनिबार भारतीय वित्तमन्त्री प्रणव मुखर्जीले लगानीकर्तालाई आत्तिएर सेयर बिक्री नर्गन आग्रह गरे । ुदुबई संकटका कारण बजारमा नराम्रो असर परेको छ । तर, भारतीय बजारमा यसको असरको मूल्यांकन गर्न अझै बाँकी छ, हाम्रो अनुमानमा भारतीय कम्पनीहरूको थोरै हिस्सा मात्रै दुबईमा लगानी भएको छ, त्यसैले आत्तिनुपर्ने अवस्था छैन,ु उनले भने ।
सेयर बजारमा आात्तिनुपर्ने अवस्था नभए पनि त्यहाँको निर्माण क्षेत्रमा कार्यरत मजदुरको रोजगारी संकटमा पर्ने खतरा देखिएको विश्लेषकको भनाइ छ । पूर्वाधार विकासको द्रूत अवस्थामा रहेको दुबईमा नेपाल, भारत बंगलादेशलगायत एसियाली मुलुकका नगारिकको वर्चस्व छ । निर्माण क्षेत्रकै ठूलो कम्पनी संकटमा परेपछि अन्य कम्पनीको अवस्था पनि चिन्ताजनक हुन सक्ने आशंका गरिएको छ ।
विश्लेषकहरू भने भारतीय कम्पनीको मध्यपूर्वमा उल्लेख्य लगानी भएको दाबी गर्छन् । आनन्द राठी सेक्युरिटिजका डिडी शर्मा भन्छन्, भारतीय बैंक तथा रियल स्टेट कम्पनीको मध्यपूर्वमा उल्लेख्य लगानी छ, तर दुबई वल्र्डसँगको सम्बन्धबारेमा भन्ने वास्तविक तथ्यांक उपलब्ध छैन । यद्यपि क्षेत्रीय अर्थतन्त्रमा मुख्य स्थान ओगट्ने संयुक्त अरब इमिरेटसको मुख्य सहरमा देखिएको संकट विस्तारै अन्य मुलकमा फैलिँदा त्यसको असर ठूलो पर्ने उनको आँकलन छ ।
शुक्रबार भारतीय सेयर बजार सेन्सेक्स करिब डेढ प्रतिशत झरेको थियो भने जापानी सेयर बजार निक्केईमा ३ प्रतिशत तथा हङकङको हयाङसेनमा ५ प्रतिशत गिरावट आयो । चीनको बजारमा पनि शुक्रबार उल्लेख्य गिरावट आयो ।
५९ अर्ब डलर हाराहारी ऋण बोकेको दुबई वल्र्ड सरकारी स्वामित्वको कम्पनी भएकाले कम्पनीभन्दा पनि सरकार नै टाट पल्टेको आशंका पनि गरिएको छ । सरकार टाट पल्टनु मुलुककै अर्थतन्त्रको दुरावस्था हुने हुँदा दुबईमा लगानी भएका कम्पनीको भविष्यबारेसमेत प्रश्नचिन्ह उठेको छ ।
भर्खरै विश्वव्यापी वित्तीय संकटबाट माथि उठ्न थालेको विश्व अर्थतन्त्रमा दुबई संकटको मनोवैज्ञानिक असर निकै घातक हुने देखिन्छ । शुक्रबार भारतीय परिसूचक सेन्सेक एक समयमा ६ सय अंक तल झरेको थियो । संकटको नराम्रो असर परेको बजार भारतीय वाणिज्यमन्त्री आनन्द शर्माको वक्तव्यपछि माथि उठ्दै २ सय २५ अंकले मात्रै तल झर्‍यो । शर्माले भारतको अर्थतन्त्र निकै ठूलो भएकाले दुबई संकटको असर ठूलो नहुने बताएका थिए ।
विश्व आर्थिक संकटको समयमा पनि मजबुद देखिएको एसियाली अर्थतन्त्र मध्यपूर्वी संकटमा परेको आशंका धेरैले गरेका छन् । दुबई वल्र्डले ऋण तिर्न चाहिने रकम बजारबाट नै कुनै माध्यमबाट उठाउने हुनाले यसले बजारमा थप वित्तीय संकट सिर्जना गर्ने चिन्ता बढेको छ ।
भारत गम्भीर
विश्व वित्तीय संकटको भुमरीबाट पार लाग्दै गरेको आर्थिक डंुगा पुनः डगमगाउन थालेपछि दुबई संकटप्रति भारत सरकार गम्भीर देखिएको छ । आर्थिक संकट गहिरिएपछि मात्रै सक्रिय भएको भारतीय वित्त मन्त्रालय तथा केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया बजारमा विशेष ध्यान दिइरहेका छन् । केन्द्रीय बैंक तथा सरकार लागनीकर्तालाई आश्वस्त पार्ने प्रयासमा लागेका छन् । केन्द्रीय बैंकले दुबईमा उच्च लगानी भएका बैंकहरूको लगानीसम्बन्धी पूर्ण विवरण मागेको छ । गभर्नर डी सुब्बाराबले आफूहरूले संकटसँग जोडिएको सबै सूचना संकलन गर्ने प्रयास गरिएको बताएका छन् । भारतीय रियल स्टेट कम्पनीहरूको दुबईमा भएको लगानी तथा बैंकहरूले प्रदान गरेको ऋणका सम्बन्धमा यथार्थ विवरण प्राप्त भएपछि मात्रै केही भन्न सकिने अवस्थामा भएको उनले बताए । रिजर्भ बैंकले दुबई सरकारले चाल्ने कदमको अनुगमन गरिरहेको समेत उनले बताए ।
दुबई संकटको विषयलाई लिएर भारतमा पनि दुईथरी मत आएका छन्- सरकार पक्षधर संकटको असर खासै नर्पेन दाबी गरिरहको छ भने विश्लेषकहरू अवस्था चिन्ताजनक भएको बताउँछन् । संकटले दुबईको आर्थिक आधारमा नकारात्मक असर पर्ने भएकाले त्यहाँ कार्यरत श्रमिकको रोजगारी गुम्न सक्ने उनको भनाइ छ ।
बेलायती बैंक सामनाका लागि तयार
दुबई संकटको सम्भावित असरको जोखिमबाट बच्न बेलायती बैंकले आफ्नो पुँजी आधार बढाएका छन् । रोयल बैंक अफ स्कट्ल्यान्डले ऋण डुबेको खण्डमा आइपर्ने संकटबाट जोगिन आफ्नो पुँजी बढाएको छ भने लोयड बैंकले पनि हकप्रद सेयर तथा ऋणपत्र परिवर्तनमार्फत पुँजी बढाएको छ ।
बैंक फर इन्टरनेसनल सेटलमेन्टसको आधिकारिक तथ्यांकअनुसार बेलायती बैंकहरूले दुबईमा कुल ५० अर्बबराबरको ऋण प्रवाह गरेका छन्, जुन दुबईका विभिन्न कम्पनीको कुल ऋणको ४० प्रतिशत हुन आउँछ । दुबईमा उच्च ऋण प्रवाह गर्ने बैंकहरूमा रोयल बैंक अफ स्कट्ल्यान्ड, बार्कलेज, स्ट्यान्डर्ड चार्टर्ड तथा एचबिएससी बैंक रहेका छन् । ऋण पुनर्तालिकीकरण भएको खण्डमा बैंकको वित्तीय अवस्थामा खासै असर पर्दैन । तर, उनीहरूको नाफा तथा तरलता भने नराम्ररी प्रभावित हुन सक्छ ।
अमेरिकमा पनि असर
दुबई संकटको चिन्तासँगै अमेरिकी सेयर बजारमा पनि उच्च गिरावट आएको थियो । शुक्रबार डाउ जोन्स एक दशमलव ५ प्रतिशत झरेको थियो । युरोप तथा एसियाली बजारमा दुबई संकटका कारण गिरावट आएको दिन सार्वजनिक बिदा परेर बन्द रहेको अमेरिकी सेयर बजारमा दुबई संकटको असर शुक्रबार देखिएको हो ।
संकटले उठाएका प्रश्न
दुबई संकटको समाधान गर्न विश्व वित्तीय प्रणाली सक्षम भएको मान्नेहरूले समेत केही अनिश्चिता औंल्याएका छन् ।
विश्वव्यापी वित्तीय संकटबाट माथि आउन सरकारी सहयोग लिएका बैंकहरूले थप संकट कसरी बहन गर्लान् ?
सम्पत्ति, सेयर तथा बोन्ड मूल्यमा स्थिरता कहिले आउने ?
यस्तैखालका संकट आइरहने हो भने केन्द्रीय बैंकहरूले ब्याजदर कहिले सामान्य अवस्थामा ल्याउने रु
दुबई, गि्रस, बेलायत, आयरल्यान्डजस्ता ऋण बोकेका मुलुकले ऋणबाट मुक्ति पाउँदै अर्थव्यवस्थाप्रति सर्वसाधारणको कहिले विश्वास मजबुद पार्ने रु
के हो दुबई संकट ?
दुबई वल्र्डले विश्वमा विभिन्न वित्तीय संस्थाबाट लिएको ५९ अर्ब डलर ऋण भुक्तानी गर्न नसक्ने जनाउँदै म्याद थप गर्न आग्रह गरेपछिको संकटलाई दुबई संकट भनिएको हो । कम्पनीको यो ऋण दुबईसहरको कुल ऋण ८० अर्ब डलरको दुईतिहाइ हो ।
ऋणको उच्च हिस्सा निर्माण क्षेत्रमा खर्च गरेको सो कम्पनी रियल स्टेटको मन्दीबाट प्रभावित भएपछि नगद अभावबाट गुजि्ररहेको छ । कम्पनीले बुधबार ऋण तिर्न थप समय लाग्ने बताउँदै डिसेम्बरमा तिर्नुपर्ने साढे ३ अर्ब डलरको किस्ता २०१० को मे महिनासम्मका लागि सार्न ऋण दाताहरूलाई अनुरोध गरेको छ । दुबई संकटको समाधान तत्काल निकाल्न ननिस्किए विश्वका कयौं वित्तीय संस्था टाट पल्टने खतरा भएको विश्लेषकको अनुमान छ ।


 

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters