मन्त्री पोखरेल जमिम निवासमाः सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले स्पेसटाइम नेटवर्क प्रालिका अध्यक्ष जमिम शाहको कायरतापूर्ण हत्याबाट सञ्चारजगत्मा अपूरणीय क्षति पुगेको विचार व्यक्त गर्नुभएको छ । स्व। शाहका परिवारजनमा सहानुभूति तथा समवेदना प्रकट गर्न शाहनिवास पानीपोखरी पुगेर त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै शाहको हत्याबाट सुरक्षामा देखिएको कमजोरी सुधार्न सुरक्षा निकायको ध्यानाकर्षण गर्नुभएको छ ।