ad image
ad image
ad image

दिपेशराजले“आँखाको पानी” मस्र्याङ्दीमा पोखे

0
Shares
दिपेशराजले“आँखाको पानी” मस्र्याङ्दीमा पोखे

दिपेशराज पाण्डेको निर्देशनमा तयार भएको म्युजिक भिडियो “यो आँखाको पानीलाई” आइतबार बङ्गलादेशको ढाकामा सार्वजनिक गरिएको छ ।


बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीले यसियाटिक सोसाइटी अफ बंगलादेशको सभा हलमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रममा सो भिडियो सार्वजनिक गरिएको हो । गीतकार पुष्पा खनालको शव्द र सरोज कोइरालाको सङ्गीत तथा स्वर रहेको गीतलाई पाण्डेले निर्देशन गरेकाहुन् । आफूले अब्स्ट्रयाक तरिकाले गीतको निर्देशन गरेको बताउँदै निर्देशक पाण्डेले भने “यो गीतको रेकर्ड भएदेखि नै आफूलाई निर्देशन गर्न मन लागेको र लगभग दुई वर्षदेखि तयार भएको स्टोरीलाई अहिले ट्रयाक गरेको हुँ,।” यस गीतबाट आफू निकै सन्तुष्ट रहेको र निर्देशनको क्षेत्रमा आफूलाई अझ अघि बढ्न यसले सहयोग गर्नेमा आशावादी रहेको पनि पाण्डेले बताए । गीतको छायाङ्कन तनहुँ र मस्र्याङ्दी वरपर गरिएको छ ।


यो गीत गाएदेखि नै आफूलाई साङ्गितिक क्षेत्रमा अघि बढ्न सहयोग पुगेको बताउँदै सङ्गीतकार तथा गायक सरोज कोइरालाले भने : “यो म्युजिक भिडियो बनेपछि अझ आफ्नो साङ्गितिक क्षेत्र फराकिलो बन्ने विश्वास जागेको छ ।”


म्युजिक भिडियोलाई बंगलादेशका राजनीतिज्ञ कवि, साहित्यकार तथा सर्वसाधारण नागरिकले पनि धेरै मन पराएको यस गीतका गीतकार पुष्पा खनालले बताइन् । उनले भनिन् : “कलालाई कुनै पनि भाषाले छेक्ने रहेनछ । यो त विश्वव्यापी हुँदो रहेछ । गीत सार्वजनिकपछि त्यहाँ उपस्थित विशिष्ट व्यक्तिहरुबाट प्राप्त प्रतिक्रियाले गीत लेखनमा थप हौसला प्रदान गरेको छ ।”

२० बैशाख २०७५, बिहीबार २३:०९ मा प्रकाशित
ad image