ad image
ad image
ad image

डिसीमा भक्त राज आचार्यको सहयोगार्थ सत्य र स्वरुप राज आचार्यको प्रस्तुति हुने

0
Shares
डिसीमा भक्त राज आचार्यको सहयोगार्थ सत्य र स्वरुप राज आचार्यको प्रस्तुति हुने

लामो समय देखि जिब्रोको क्यान्सर (अबुर्द) रोगबाट पिडित नेपालका ख्याती प्राप्त वरिष्ठ कलाकार भक्त राज आचार्यको सहयोगार्थ डिसीमा कार्यक्रम हुने भएको छ । उक्त च्यारिटी शो ( सहयोगार्थ प्रदर्शन ) को लागि उनका दुई छोरा सत्य रस्वरुप राजको बिशेष प्रस्तुति हुने छ ।

आर एन आर समुहको प्रस्तुतिमा उक्त च्यारिटी सो (सहयोगार्थ प्रदर्शन) हुने छ । आगामी जुन २ तारिख शनिबार साँझ ७ बजे कार्यक्रम हुने छ । भर्जिनिया को फेयर फ्याक्स स्थित तन्दुरी नाइट्स चमेना गृहमा कार्यकम हुने छ ।

टिकट मुल्य (प्रवेश शुल्क ) $३० डलर रात्री भोजन सहित समाबेश गरिएको छ । अन्य जानकारीको लागि रोशन पुरी लाई ७०३ -६२५- ७३२९ मा सम्पर्क गर्न सकिने छ ।

१८ बैशाख २०७५, मंगलवार १६:०८ मा प्रकाशित
ad image