ad image
ad image
ad image

नेपाल आइडलका टप थ्रीको विश्व साँगीतिक यात्रा यूएईबाट शुरु हुने

0
Shares
नेपाल आइडलका टप थ्रीको विश्व साँगीतिक यात्रा यूएईबाट शुरु हुने

त्रिलोचन कोइराला, यूएई ।
नेपाल आइडलका टप थ्रीको बिस्व साँगीतिक यात्रा यूएईबाट हुने भएको छ । नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनरअप निशान भट्टराइ र सेकेण्ड रनरअप प्रताप दास साँगीतिक कार्यक्रमकालागि यूएई आउने भएका हुन् । नेपाल आइडलको अन्य प्रतिस्पर्धी केंजल मेहर श्रेष्ठ र प्रमिला राइलाई पनि यूएईका दर्शकले पहिले नै सुन्न पाएका थिए ।


आयोजकले यूएईमा हामी नेपालीको कार्यालय बरदुबईमा आयोजित पत्रकार सम्मेलनमा नेपाल आइडलको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन ।
युएईमा दुई वटा कार्यक्रम आयोजना हुने छ । अक्टोबर ६ तारिक अबुधाबीको नेसनल थियटरमा अपराहन ३ बजेदेखि हुने नेपाल आइडल लाइभ इन अबुधाबी नामकरण गरिएको साँगीतिक कार्यक्रम तथा अक्टोबर ७ तारिक साँझ ७ बजेदेखि दुबईको अस्कोट होटलमा पनि नेपाल आइडल लाइभ इन दुबाई हुने पत्रकार सम्मेलनमा आयोजकले बताएका छन ।


सेप्टेम्बर २२ तारिक कतारमा घोषित नेपाल आइडलका विजेता र रनरअपको अहिले विश्वभर डिमाण्ड छ । विश्वभरका लाखौं दर्शकले उनीहरुलाई सुन्न र हेर्न चाहmे पनि पहिलो अवसर युएईका दर्शकले पाउने भएका हुन । साँगीतिक कार्यक्रममा नेपाल आइडलका अन्य प्रतिस्पर्धी मध्ये अफ्सर अलि, प्रमिला राई एबम तिर्सना गुरुङको पनि प्रस्तुति रहने छ ।
आयोजकले कार्यक्रमका लागि टिकट दर ५०, १००, २०० र ५०० दिराम निर्धारण गरेको छ । कार्यक्रम सफल बनाउनकालागि प्राबिधिक टोलि अक्टोबर २ तारिक युएई आउने, अक्टोबर ४ तारिक कलाकारहरु र अक्टोबर ६ तारिक एपी वानको ब्याबस्थापन टिम युएई आउने आयोजकले जनाएको छ ।
नेपालको एक मात्र टेलिभिजन एपी वान एचडी मार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ । अहिले विश्वभर नेपाल आइडलको फाइनलमा पुगेका तीन जनाको साँगीतिक कार्यक्रमकालागि अत्यन्तै माग भइरहनुले पनि नेपाल आइडलको क्रेजलाई पुष्टि गरेको छ । प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरेका थिए । एउटै सोबाट अनेक रसका मनोरञ्जन दिनु नेपाल आइडलको विशेषता बन्न सफल भयो । आफ्नै भाषाको एचडी च्यानलमा अन्तर्रा्ष्ट्रियस्तरको रियालिटी सोले देश विदेशमा रहेका करोडौं दर्शकलाई आकर्षित ग¥यो भने यूट्युब एवं फेसबुकमा नेपाल आइडलका हरेक सो भाइरल भयो ।
एभरेस्ट मिडियाको आयोजनामा आगामी अक्टोबर ६ तारिक अबुधाबीमा नेपाल आइडलका बिजेताहरुको प्रस्तुति रहने साँगीतिक कार्यक्रमकालागि कार्यक्रममा आउने दर्शककालागि आयोजकले निशुल्क यातायातको ब्यबस्था गर्ने भएको छ ।
युएईका मुख्य शहर दुबई , अल्लेन , रसअलखेमा , फुजेराबाट एक सय दिराम भन्दा बढीको टिकट खरिद गर्ने सम्पूर्ण दर्शकलाई निशुल्क यातायातको ब्यबस्था गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।
नेपाल आइडल लाइभ इन युएईलाई सफल बनाउन आयोजकले बिभिन्न स्थलगत सुझावहरु संकलन गरिरहेको जानकारी गराउँदै नेपाल र नेपालीको प्रतिष्ठालाई उच्च बनाउन सबैको सहयोगको अपेक्षा गरिएको बताए ।

 

१७ आश्विन २०७४, मंगलवार २०:१२ मा प्रकाशित
ad image