ad image
ad image
ad image

एनआरएनए स्विट्जरल्याण्डले परिचय पत्र बितरण गर्ने

0
Shares
एनआरएनए स्विट्जरल्याण्डले परिचय पत्र बितरण गर्ने

गैर- आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले पंञ्जीकृत सदस्यहरुलाई संघको परिचय पत्र बितरण गर्ने भएको छ।

गैर -आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदले प्रत्यक गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषदका पञ्जीकृत सदस्यहरुलाई राष्ट्रिय परिषदको परिचय पत्र बितरण गर्ने निर्णय गरे लगत्तै एनआरएनए स्विट्जरल्याण्डले संघका पंञ्जीकृत सदस्यहरुलाई परिचय पत्र बितरण गर्न लागेको हो।

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङले दिएको जानकारी अनुसार तल उल्लेखित लिङ्कमा गई फर्म भरेर फोटो पठाउन संघले सबैसँग अनुरोध गरेको छ।

संघको काठमाडौंस्थित सचिवालयबाट नै तयार भएर आउने उक्त परिचय पत्र गैर आवासीय नेपाली संघ द्वारा नै बितरण गरिने जानकारी समेत संघले गराएको छ।

२९ चैत्र २०७४, बिहीबार २०:४५ मा प्रकाशित
ad image