ad image
ad image
ad image

मृगौला पीडित खत्रीलाई एनसिसि रसियाको आर्थिक सहयोग

0
Shares
मृगौला पीडित खत्रीलाई एनसिसि रसियाको आर्थिक सहयोग

दुबै मृगौला फेल भएर बिरामी परेका नेत्र बहादुर खत्रीको सहयोगका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति रसियाले आर्थिक सहयोेग प्रदान गरेको छ ।
विगत केही समयदेखि रसियामा कार्यरत खत्रीको अचानक दुबै मृगौला फेल भई हाल काठमाण्डौको राष्ट्रिय मृगैला केन्द्रमा उपचार गराईरहेका खत्रीको उपचारमा सहयोग पुगोस् भनि उनको शिघ्र स्वास्थ्य लाभको कामना सहित एनसिसी रसियाले उनको सहयोगार्थ रु.१८२,९०० (एक लाख बयासि हजार नौंसय) खत्रीका आफन्तलाई शुक्रबार गैरआवासीय नेपाली संघको सचिवालयमा हस्तान्तरण गरेको हो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौंतम र गैरआवासीय नेपाली संघका सचिव जानकी गुरुङ्गले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसिसि रसियाका संरक्षक उत्सव कुमार अमात्य, एनसिसि कोरीयाका महासचिव डा. इन्दीरा तिवारी र विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

२५ चैत्र २०७४, आईतवार ००:२२ मा प्रकाशित
ad image