ad image
ad image
ad image

साईप्रसमा खासै राम्रो कमाई नहुने हुँदा उनले ईटाली जाने योजना बनाईन्

0
Shares
साईप्रसमा खासै राम्रो कमाई नहुने हुँदा उनले ईटाली जाने योजना बनाईन्

बार्सिलोना,
साईप्रसमा खासै राम्रो कमाई नहुने हुँदा उनले ईटाली जाने योजना बनाईन्। साईप्रसबाट ईटाली पुर्याउने थुप्रै बिचौलियाहरुको जमातबाट उम्कन पाईनन्। एकातिर महिनामा ३ सय १४ युरो कमाउन दिनहुँ घण्टौ काम गर्नु पर्ने बाध्यताबाट छुट्कारा पाईने, अर्को तर्फ महिनामा लाखौ युरो कमाई हुने र छिट्टै रेसिडेन्सी कार्ड बन्ने ईटालीको सपना।

आखिर उनी बिचौलियाले देखाएको ठूला ठूला सपनामा चुर्लुम्म डुबिन्। “विदेश आउनु भनेको पैसा कमाउन नै हो, साईप्रसमा न कमाउनै सकियो, न कागज नै बन्छ बरु दुई-चार लाख खर्च नै होस्, ईटाली पुगेँ भने त पैसा पनि हुन्छ, कार्ड पनि बन्ने” यही सोचेर नै ईटाली जाने निधो गरेको उनले सुनाईन्।

“साईप्रसको बोर्डर क्रस गरेपछि टर्की आयो । बुल्गेरिया हुँदै सर्भिया आएँ, क्रोयसिया, स्लोभानिया हुँदै ईटाली आउँदा २५ दिन लाग्यो। ३ हजार युरोमा ईटाली पुर्याईदिन्छु भन्थ्यो तर बीचबीचमा ब्लाकमेल गर्दै पैसा असुल्यो। पैसा नदिएको भन्दै एकजना दिदिलाई त कुटपिट पनि गर्यो।” दुख पोख्दै उनले सुनाईन्, ईटाली आउँदा झन्डै ९ हजार युरो खर्च भयो।

साईप्रसबाट उनी एक्लै हिँडेकी भए पनि बीचमा अन्य दुई नेपालीहरु भेटिए। तीन जना नेपाली चेली सहित अन्य मुलुकका आप्रबासीहरु गरी १२ जनाको टोली अबैध रुपमा स्थलमार्ग हुँदै ईटाली त पुग्यो तर उनीहरुको धन कमाउने सपना भने सपना मै समिति रह्यो। न त बिचौलियाले भने जस्तो १२- १५ सय युरो महिनामा कमाई नै हुन्थ्यो, न त सजिलै रेसिडेन्सी कार्ड नै बन्थ्यो ?

म त झुट्टा आश्वासनमा फसेँ, मेरो जस्तो पीडा अन्य दिदिबहिनीहरुले भोग्न नपरोस् भनेर नै आज बोलेकी हुँ। उनले भनिन् ,”साईप्रस क्रस गरेपछि न यता न उताको बनायो। एउटा देशको बोर्डर क्रस हुनासाथ फेरि नयाँ पेमेन्ट माग्थ्यो। ईटालीमा आईपुगिसकेपछि पनि एउटा बन्द कोठामा थुनेर फेरि पैसा माग्ने। उसले मागेको पैसा पूरा नभएसम्म हामीलाई निस्कन दिएन । एकदमै टर्चर दिने। ट्वाइलेट समेत जान नदिने।”

भाबुक हुँदै उनले भनिन् “मैले एकदमै दुख भोगेँ, त्यो मलाई मात्र थाहा छ। १०-१२ लाख रुपैयाँ कमाउन धेरै समय लाग्छ। युरोप भन्ने बित्तिकै लाखौँ रुपैयाँ खर्च गर्न तयार भईहाल्ने सबैलाई बिनम्र अनुरोध गर्दछु। पैसा त खर्च हुन्छ हुन्छ, उता मर्ने बाँच्नेको समेत कुनै ठेगान छैन। बरु साईप्रस र ईटाली आउँदा लाग्ने खर्चले नेपालमा नै केहि गर्न सकिन्छ।”

आफ्नो नाम र ठेगाना नखुलाईदिने शर्तमा कुराकानी गरेकी ती युवती हाल भने आफू सुरक्षित रहेको बताउँछिन्। एनआरएनए ईटालीको सहयोगमा आफू सहित ३ नेपालीहरुको उद्धार भएको उनले बताईन्।

कार्यक्रम एनआरएन टकका लागि प्रस्तोता बसन्त रानाभाटले उनीसँग गरेको कुराकानी

 

 

१७ चैत्र २०७४, शनिबार २३:४६ मा प्रकाशित
ad image