ad image
ad image
ad image

दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस सञ्चालनमा

0
Shares
दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस सञ्चालनमा

लालबहादुर ढेंगा, दुबई, युएई
युएईको मुटु मानिने दुबई शहर अन्तर्गत नेपालीहरुको धेरै चहल पहल तथा मुख्य रुपमा जमघट हुने बर दुबईमा नेपालीको प्रत्यक्ष लगानीमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन भएको छ ।


उक्त गेष्ट हाउसको उद्घाटन नेपाली राजदूतावास अबुधावीका द्वीतीय सचिव कृष्ण अर्याल, डा. दिनेश आचार्य, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र सोही गेष्ट हाउसका स्थानीय स्पोन्सर अहमद अब्दुल्ला अहमद अल्मुल्लाले संयुक्त रुपमा रिवन काटेर गरिएको हो ।


पछिल्लो समयमा नेपाली व्यवसायहरु मौलाउंदै गएता पनि नेपाली गेष्ट हाउस भने यो नै पहिलो हो । नेपाली लगानीकर्ताहरु अन्य व्यवसायमा भन्दा रेष्टुरेण्ट व्यवसाय क्षेत्रमा निकै नै आकर्षित भएको देखिन्छ । बर दुबईमा मात्र हाल ११ वटा अन्य नेपाली रेष्टुरेण्टहरु संचालनमा रहेका छन् भने यस गेष्ट हाउसको संचालनले अझै नयाँ आयाम थपिने आशा गरिएको छ । त्यसैगरी रेष्टुरेण्टपछि ट्राभल्स व्यवसायले पनि बजार लिएको पाईन्छ । समग्रमा हेर्ने हो भने रेष्टुरेण्ट व्यवसायको भविश्य फराकिलो देखिन्छ ।


उक्त गेष्ट हाउसमा नेपाली, इण्डियन, चाईनिज र कन्टिनेन्टल गरी विभिन्न परिकारका स्वादसँगै हुक्का (शिशा) का साथ अति नै सुविधा र आरामदायी बसोबासका लागि ११ वटा रुमको बिशेष व्यबस्था भएकाले नेपाली ग्राहक मात्र नभएर अन्य बिदेशी पाहुनाहरुको समेत आगमन रहने जनाइएको छ । प्रवासमै भए पनि बिदेशीहरुले नेपाली परिवेषमा रम्न र रमाउनका लागि छुट्टै किसिमको अनुभव बटुल्न सक्ने छन् ।
सो उद्घाटन समारोहमा पन्चे बाजाले सुनमा सुगन्ध मात्र थपेन, सबैलाई नचाएर नै छाडे । दर्शकको रुपमा भेला भएका सबैले गेष्ट हाउसको धेरै जनचासो लिएको अनुभव गर्न सकिन्थ्यो । आउने पाहुनाहरुलाई सेवा र सत्कारका साथ क्वान्टिटी भन्दा पनि क्वालिटी दिने गेष्ट हाउसका मैनेजर भोजराज खनालले बताएका छन् । आशा गरौँ आफ्नै नेपालीको व्यवसाय फलोस्, फुलोस् र उन्नतीले शिखर चुम्न सकोस् भनि सबै नेपालीहरुले शुभकामना समेत व्यक्त गरेका छन् ।

१६ चैत्र २०७४, शुक्रबार २३:०३ मा प्रकाशित
ad image