ब्याँसीःव्यास ऋषिका सन्तान !

ब्यानर न्यूज

दार्चुला।  ब्याँसी सौका समाजका अध्यक्षमा यशोदा तिंकरी चयन हुनुभएको छ ।

समाजको छैटौँ महाअधिवेशनले उपाध्यक्षमा प्रेमसिंह बुढाथोकी, महिला उपाध्यक्षमा सपना ऐतवाल, सचिवमा मानसिंह बुढाथोकी, सहसचिवमा अम्बिका बुढाथोकी, कोषाध्यक्षमा दिलीपसिंह बुढाथोकी र १२ जनालाई सदस्यमा चयन गरिएको निर्वाचन मण्डलका सदस्य विशनसिंह बुढाथोकीले बताउनुभयो ।

मौलिक ऐतिहासिक र सांस्कृतिक पहिचान भएका आदिवासी जनजाति ब्यांसी शौका दार्चुलाको व्यास गाउँपालिकाका तिंकर, छाङरु र राप्ला तथा अपी हिमाल गाउँपालिकाको सितोलामा आदिमकालदेखि बसोबास गर्दै आएका छन् । शौका समुदाय अपी हिमालको काखमा व्यास ऋषिको पवित्र तपोभूमिमा बसोबास गर्ने हुनाले व्यांँसी भनी चिनिएको बताइएको छ ।

समुदायको आर्थिक, सामाजिक र राजनीतिक स्तर उकास्नका लागि २०५६ सालमा स्थापित समाजले शौकाको पहँुच, पहिचान र प्रतिनिधित्व गराउनका साथै विभिन्न सीपमूलक तालीम, नेतृत्व विकास, आयआर्जन, ग्रामीण पूर्वाधार र राजनीतिक चेतनाका साथै लोप हुन लागेका परम्परागत संस्कृतिको जर्गेना गर्ने काम गर्दै आएको छ ।