ad image
ad image
ad image

त्रिदेशीय हिमालयन ड्राइभ छैठौं अन्तराष्ट्रिय मोटर र्याली हुने

0
Shares
त्रिदेशीय हिमालयन ड्राइभ छैठौं अन्तराष्ट्रिय मोटर र्याली हुने

नेपाल, भारत र भुटानलाई समेटेर हिमालयन ड्राइभ छैठौं अन्तराष्ट्रिय मोटर र्याली आयोजना हुने भएको छ ।

फागुन ११ गतेदेखी भारतको सिलिगुडीबाट सुरु हुने त्रि–देशीय अन्र्तर्राष्ट्रिय मोटर र्या ली फागुन १६ गते सकिने छ । आयोजकले बुधवार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर अन्तराष्ट्रिय मोटर र्याकलीका बारेमा जानकारी दिएको हो । नेपाल अटोमोबाइल एसोसिएसन नासासंगको सहकार्यमा कलकत्ताको जस्ट स्पोर्टस तथा सिएडिए र एनएमएससीको संयुक्त आयोजनामा मोटर र्यााली हुन लागेको हो ।


र्यालीमा ६० वटा गाडीमा १ सय २० जना प्रतिस्पर्धी सहभागी हुनेछन् । जसमा दशवटा नेपालका, र अन्य भारत तथा भुटानका गाडी हुनेछन् । चितवनबाट मात्रै ५ गाडीले प्रतिस्पर्धामा सहभागीता जनाउदैं छन् । प्रतिस्पर्धी बाहेक अन्य पनि र्यालीमा सहभागि हुँदै छन् । शुरुवाती चरणमा भारतमा मात्रै हुनेगरेको मोटर र्याली गत संस्करणदेखी नेपाल र भुटानसम्म प्रवेश गर्न थालेको हो ।

चितवन अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष इश्वर कुमार श्रेष्ठले भारतको सिलिगुडीबाट सुरु हुने र्याली नेपालको विभिन्न क्षेत्र हुँदै चितवनसम्म आइपुग्ने र भुटानको फुन्सिलिंग हुँदै भारतमा पुगेर समापन गरिने जानकारी दिए । र्याली चितवनको सौराहा,विसहजारी ताल,भरतपुर, नारायणगढ, दाहाखानी, पार्सा,लोथर ड्यामहुँदै पुनः सौराहामा पुग्ने उनले वताए । र्याली सिलिगुडीमा पुगेर विजेतालाई पुरस्कार वितरण गरिएपछि समापनको घोषणा गरिने उनको भनाई छ ।
श्रेष्ठका अनुसार नेपाल, भारत र भुटानको संस्कृतिक, पर्यटन तथा व्यवसायिक विकास तथा समन्वयका लार्गि यालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए । उनका अनुसार समय, गति र दुरीलाई ख्याल राखेर ट्राफिक नियमको पालना गर्दै र्या्लीको आयोजना गरिने छ । श्रेष्ठले अनुशासनको पालना र आयोजकले बनाएको नियमलाई ख्याल गरेर विजेता घोषित गरिने बताए ।
‘आयोजकले एउटा नियम बनाएको हुन्छ,’ उनले भने, ‘त्यही नियमलाई पछ्याउँदै विजय हाँसिल गर्न सक्नुपर्छ ’। श्रेष्ठले छिटो दगुर्ने र नियमको पालना नगर्नेले विजेता बन्न नसक्ने जानकारी पनि दिए । उनले कुनै पनि देशमा ट्राफिक व्यवस्थापनमा बाधा नर्पुयाउने गरी र्यालीको आयोजना गरिने बताए । आयोजकले र्यालीमा प्रथम हुनेलाई भारतीय एक लाख रुपैयाँ, द्धितियलाई ७५ हजार र तृतियलाई ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने जनाएको छ । र्यााली अन्तर्गत चितवनमा खर्च उन्नाइस लाख हुने र सो खर्च काडाले व्यहोर्ने छ भने देश भित्रका अन्य ठाउँमा हुने खर्च एनएमएससीले व्यहोर्ने जानकारी र्योलीका संयोजक प्रकाश कपुरीले जनाए ।
छैठौं पर्वतीय खेल महोत्सवको उपलक्ष्यमा हुन लागेको सो र्यालीलाई व्यवस्थित रुपमा संचालन गर्न प्रकाश कपुरी, राजन पिया र दीपक आचार्य रहेको उच्चस्तरिय समिति गठन गरेको छ भने र्यालीलाई राष्ट्रिय खेलकुद परिषद र नेपाल पर्यटन बोर्डको समेत सहयोग रहने छ ।

२६ माघ २०७४, शुक्रबार ०२:०७ मा प्रकाशित
ad image