ad image
ad image
ad image

समाजसेवी राजेन्द्र अधिकारद्वारा अनाथ बालबालिकालाई आर्थिक सहयोग प्रदान

0
Shares
समाजसेवी राजेन्द्र अधिकारद्वारा अनाथ बालबालिकालाई आर्थिक सहयोग प्रदान

लालबहादुर ढेंगा, दुबई, युएई ।
लामो समयदेखि यूएईमा कार्यरत राजेन्द्र अधिकारीले अर्घाखाँचीका तीन जना अनाथ बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

आफन्तको अभावमा अनाथ बनेर कष्टकर जीवन बिताउँदै आएका अर्घाखांची जिल्ला सुन्दर पोखरा मालारानी गाउंपालिका–१, का ३ जना बालबालिकालाई अधिकारीले नेपाली ४३ हजार ६ सय रुपैयां आर्थिक सहयोग गरेका हुन् । उक्त सहयोग रकम गएको १६ जनवरी मंगलबारका दिन दुबईस्थित सन एण्ड मुन ट्राभल्सको आफिसमा अर्घाखांची सम्पर्क समितिका अध्यक्ष कृष्ण भुसाललाई हस्तान्तरण गरिएको हो । उक्त सहयोग रकम भुषालका भाइ मार्फत पीडित बालबालिकालाई गाउंमा गएर हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
हाल १२ बर्षकी छोरी मनिषा पोखरेल, ८ बर्ष र ५ बर्षको भाई हजुर बाबाको सहारामा रहेका छन् । भारतमा कार्यरत रहेका बुबाले आत्महत्या गरे पश्चात् आमाले पनि गाउंकै एक जनासंग बैवाहिक जीवन बिताउन लागेपछि ती बालबालिकाहरु बेसाहारा हुन पूगेका हुन् ।
समाजसेवी अधिकारी पर्वत सेवा समाज युएईका निवर्तमान अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति युएईका उपसभापतिको पदमा समेत कार्यरत रहेका छन् । फेसबुकमा राखेको भिडियो हेरेपछि एकल प्रयासमा रकम संकलन गर्न थालेको उनले बताएका छन् । यस संकलन अभियानमा साथ दिने सम्पूर्ण सहयोगीहरुलाई धन्यबादको पात्र बताएका छन् ।

४ माघ २०७४, बिहीबार २३:११ मा प्रकाशित
ad image