ad image
ad image
ad image

नेपाल कतार व्यवसायी संघको अध्यक्षमा चौलागाइँ

0
Shares
नेपाल कतार व्यवसायी संघको अध्यक्षमा चौलागाइँ

दोहा, कतारः

गत जनवरी १२, २०१८ शुक्रवारका दिन कतारको अलिसान रेष्टुरेण्टमा सम्पन्न नेपाली व्यवसायीहरुको भेलाले नेपाल कतार व्यवसायी संघ कतारको स्थापना गरि अध्यक्षमा महेन्द्र चौलागाइ“ सर्वसहमतिले चयन गरेको छ । यसै गरि डा. देवकाजि डंगोल संरक्षक रहने गरि उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सि. रहेका छन् भने महासचिव सागर नेपाल, सचिव उमेश अधिकारी, सह–सचिव रमेश भट्ट र कोषाध्यक्षमा चुडामणी कार्की चयन भएको छ । सदस्यहरुमा नविन सत्याल, डा. नितेस अर्याल, स्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, बिकाश प्रसाइ, पुर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल चुनिएका छन् ।

नव गठित टोलीले १४ जनवरीका दिन नेपाली राजदूतावासमा राजदूत रमेश प्रशाद कोईरालासंग प्रत्यक्ष भेटघाट गरि संघको बारे जानकारी गराएको थियो । उक्त भेटघाटमा राजदूतले नव गठित व्यवसायीहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए ।

कतारमा विगत सन २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु एक आपसमा समस्य पर्दा आपसिक सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्ने र नेपालमा कतारि व्यवसायीहरुलाई लगानि गर्नको लागि पहल गर्ने जल्ले गर्द नेपालको आर्थिक विकाशमा टेवा पुग्ने विश्वस्तका साथ नेतृत्व लिएको चौलागाइ“ले बताएका छन् ।

कतारमा करिव एक हजार भन्दा वढी नेपाली व्यवसायीहरु रहेका अनुमान गर्न सकिन्छ । करिव चार लाख नेपालीहरु कार्यरत तथा ईन्डियन व्यवसायीहरुको बाहुल्यता रहेको कतारमा नेपाली व्यवसायीहरुको संख्य न्यून रहे पनि तुलनात्मक रुपमा नेपालीहरुको शिर उच्च राख्न सफलभएको छ ।

१ माघ २०७४, सोमबार २३:५२ मा प्रकाशित
ad image