आगलागीमा एक परिवारको पाँच सदस्यको मृत्यु

अन्तराष्ट्रिय समाचार

जयपुर । भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासिय भवनमा शनिवार भएको एक आगलागीमा परी एक परिवारको पाँच सदस्यको मृत्यु भएको छ ।

ग्यास सिलिण्डर पड्किएर सो आगलागी भएको बताइएको छ । यस आगलागीको समाचार प्राप्त भएपछि आग्राको भ्रमणमा रहेका परिवार तीन सदस्य पनि जयपुर फर्किएका बताएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । एएनआइ