चिसोबाट थप एकको मृत्यु

ब्यानर न्यूज समाचार

राजविराज:सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ ।

स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा चिसाबाट मृत्यु हुने २४ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयले भने हालसम्म मृत्यु हुने १२ जना मात्र पुष्टि गरेको छ ।

टिपर र बस जुध्दा १६ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गतसुरुङ्गा नगरपालिका–४ स्थित कदमहामा आज बिहान १० बजे टिपर र बस ठोक्किँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट काँकडभिटातर्फ जाँदै गरेको मे १ ख १९९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ५८१८ नंको टिपर बाक्लो हुस्सुका कारण ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

घाइते सबैलाई लहानस्थित सप्तऋषि अस्पताल लहानमा उपचारका लागि पठाइएको र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस