ad image
ad image
ad image

कम्युनिस्टहरुले चाड पर्वहरुलाई जनसम्पर्कका रुपमा उपयोग गर्दै मनाउनु पर्छ : नेता बादल

0
Shares
कम्युनिस्टहरुले चाड पर्वहरुलाई जनसम्पर्कका रुपमा उपयोग गर्दै मनाउनु पर्छ : नेता बादल

काठमाडौं । नेकपा (माओावदी केन्द्र) का सचिवालय सदस्य तथा संगठन विभाग प्रमख राम बहादुर थापा ‘बादल’ले कम्युनिस्टहरुले चाड पर्वहरुलाई जनसम्पर्कका रुपमा उपयोग गर्दै मनाउनु पर्ने बताएका छन् ।
सिन्धुली–काठमाडौं संघीय जनसमपर्क मञ्चले बिहीबार राजधानीमा दशैँ, तिहार र छैठ पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमाई सम्बोधन गर्दै उनले नेपालीहरुले मनाउने कुनै पनि चाड पर्वहरु ठूला साना नभएकोे भन्दै सबै जात, जाती, धर्म, समूदायले मनाउने पर्वहरुको आफ्नै विशेषता रहेको बताए । उनले भने, ‘तर कम्युनिस्ट र वैज्ञानिकहरुले चाडपर्वहरुलाई अन्धविश्वासका आधारमा मनाउनु भने हुँदैन, बरु चाड पर्वहरुलाई भेटघाट, छलफल, अन्तक्र्रिया, ऐक्यवद्धताका साथै जीवनसँग जोडेर मनाउन सक्नु पर्छ ।’
माक्र्सवादीहरुले पर्व र धर्मलाई विभेद अन्त्य गर्न, उद्देश्य र सपनाप्राप्तिको मार्गतर्फ उन्मुख हुन, षड्यन्त्रको पर्दाफास गर्न र अन्धबिस्वास चिर्नका लागि सदुपयोग गर्नुपर्ने बताए । अर्को एक प्रसंगमा पूर्व रक्षामन्त्रीसमेत रहेका नेता बादलले आगामि संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टीका रुपमा बिजयी बनाउन पार्टीको नीति, विचार र उद्देश्यप्रति सबैलाई स्पस्ट हुन आग्रह गरे । उनले पहिलो संविधान सभाको चुनावमा पहिलो पार्टी भएको माओवादी अहिले तेस्रो हुनुमा पार्टीभित्र गुट र फुट रहनु नै प्रमुख कारण भएको बताए । उनले जनवादी क्रान्तिका बाँकि कार्यभारहरु पुरा गर्नका लागि पार्टी भित्रको गुटबन्दी अन्त्य हुनु पर्ने भन्दै नेताहरुमा संगठनात्मक एकता र अनुशासन हुनु पर्नेमा जोड दिए ।
उनले भने, ‘हामी माओवादीहरु जनतासँगै सदृढ भएनाँै त्यहि भएर हामी तेस्रो पार्टीमा सीमित भयाँै, हामीहरु सिंहदबारका चौरमा सिमित भयौँ, लाजिम्पाट धाउन, ठेकेदार र तस्करसँग सम्वन्ध बनाउन लाग्यौँ अनि कसरी पहिलो पार्टी बन्छौँ ? आगमी निर्वाचनमा जनतको मन जितेर मत प्राप्त गर्न हावामा उडेर नभई धर्तिमा टेकेर हिँड्न उनले सबैलाई आग्रह गरे । आफुहरु जनयुद्धमा थोरै भएपनि पछि जनताको मायाँ पाएर धेरै ठूलो भएका स्मरण गर्दै नेता बादलले जनतासँगको सम्वन्ध सुदृढ गर्दै जनआधार दर्बिलो पारेको खण्डमा आगमि निर्वाचमा जित हात पार्दै ठूलो दल हुन सकिने विचार व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका साँसद तथा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले नेताले जनताको र जनताले नेताको समस्या बुझेर अगाडि बढेको खण्डमा माओवादीको जित निष्चित हुने बताए । माओवादी पार्टी विभाजित भएर कमजोर भएको बताउँदै नेता गजुरेलले पार्टीलाई एकताबद्ध बनाउन पहलकदमी भइरहेको बताए । बिगतका कमजोरीहरुबाट पाठ सिक्दै आगामि संघीय र प्रादेशिक निर्वाचनमा जाँदा जित माओवादीकै पक्षमा हुनेमा उनी आशावादी थिए ।
पार्टीका सचिवालय सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले विचारले सँस्कृतीलाई जोड्नु पर्ने धारण राखे । उनले सँस्कृती बदल्न हजारौँ वर्ष लाग्ने भएकाले पहिले आफुलाई परिवार्तनका पक्षमा बदल्न सके मात्र समाजमा रहेका बिकृतीलाई परास्त गर्दै समाजवादसम्म पुग्न सकिने बताए ।
नेकपा माओवादी केन्द्र सिन्धुली जिल्लाका अध्यक्ष राजन दाहालले पार्टीले चाड पर्वहरुलाई नीति, संगठन, योजना र वर्गसंघर्षको मोर्चाका रुपमा लिँदै अगाडि बढुनु पर्ने धारणा पेस गरे । उनले देश यतिबेला निर्वाचनमय भएको बताउँदै यो निर्वाचन माओवादी केन्द्रकै ऐजेण्डा दभएको हुनाले यसलाई पार्टीको जितका रुपमा लिनुपर्ने बताए । आगामि निर्वाचनमा जित हात पर्न माओवादीले सबैखाले कुर्वान गर्न तयार रहेको भन्दै सबै कार्यकर्ताहरुलाई पनि त्यसै अनुरुप तयार रहन आग्रह गरे ।
जनसम्पर्क मञ्चका अध्यक्ष रुद्र थिङले पार्टीका हरेक कार्यक्रम तथा निर्वाचनका बेला राजधानीमा रहेका सिन्धुलीबासीहरुको अमुल्य सहयोग र समभागित रहेको भन्दै आगामि दिनमा पनि पार्टीका जुनसुकै कार्यक्रमहरु पार्टीको नीति र सिद्धान्तमा रहि सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जनसम्पर्क मञ्चका उपाध्यक्ष प्रमोद दाहालले चाडपर्वहरुलाई पार्टी र जनसम्पर्ककै अभियानका रुपमा मनाउनु पर्ने धारणा व्यक्त गर्दै उपस्थित जनसमूदायलाई स्वागत गरेका थिए । मञ्च अन्तर्गतका सबै नगरपालिका र गाउँपालिकाका अध्यक्षहरुले आगामी निर्वाचनमा प्रतिबद्ध भई नेकपा माओवादी केन्द्रलाई जिताउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुकासाथै दशैँ, तिहार, छैठ लगायतका पर्वहरुका लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेताहरु पथिक, बिषमलाल अधिकारी, कमल दाहाल, राम कुमार पौडेल, निरु दर्लामी, मजदुर नेता प्रकाश श्रेष्ठ, डम्बर कार्कीलगायतले चाड, पर्व तथा पार्टीको नीति तथा कार्यक्रम र आगामि निर्वाचनका बारेमा धारणा राखेका थिए ।

९ आश्विन २०७४, सोमबार ००:५५ मा प्रकाशित
ad image