रु पाँच करोड राजस्व संकलित

पोखरा, २४ भदौ । जिल्ला प्रशासन कार्यालय कास्कीले आव २०७३÷७४ को असार मसान्तसम्म रु पाँच करोड ७५ लाख २९ हजार ६०० राजस्व संकलन गरेको छ ।
कार्यालयले राहदानी वितरणबाट मात्रै रु चार करोड ४७ लाख ७५ हजार ५०० राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिनुभयो ।

त्यस्तै प्रशासनिक दण्ड जरिवानाबाट करिब रु ९३ लाख ९१ हजार, फाराम र रजिस्ट्रेशन दस्तुरबाट रु १६ लाख ५३ हजार, न्यायिक दण्ड जरिवानाबाट रु ११ लाख ३८ हजार, हातहतियार नवीकरणबाट रु पाँच लाख नौ हजार तथा अन्य प्रशासनिक दस्तुरबाट रु ६२ हजार ८०० राजस्व संकलन भएको छ । रासस

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...