नेपाल फेष्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले बिबिध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने

कुमारबज्र  /टोकियो

जापानमा नेपालको कला संस्कृति सहित पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले आयोजना हुदै आएको नेपाल फेष्टिवल २०१७ शनिबार र आईतबार टोकियो उएनाे पार्कमा एन आर एन जापानले  आयोजना गर्दैछ ।

शनिबार अगष्ट २६ तारिक टोकियो उएनो पार्कमा बिहान १० बजेबाट सुरु हुने फेष्टिवलको उदघाटन १२:३० बजे हुने छ। जापानका परराष्ट्र मन्त्रालयका प्रमुख सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्टले एकै साथ उदघाटन गर्दै हुनुहुन्छ।

दुई दिवसिय नेपाल डे फेस्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिने  नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रमहरु  उल्लासमय रुपमा सम्पन्न गरिने भएको छ l यसपालिको फेस्टिवलमा जापानी साथीहरुलाई पनि सहभागि गराइने कुरा संस्थाका प्रतिनिधि यामाकावा  मासाहिरो (ब्यांचा दाई )ले बताउनु भएको छ l
लाखे ,झ्यालिंचा नाच,तायमचा नाच ,घिन्ता घिसी नाच ,धिमे नाच ,नेवार नृत्यहरु  ,खिं तथा  नेवार बाजागाजा ,कुमारी तथा नेवार भेष भुषाको प्रस्तुतिले नेपालको जात्रा जस्तै भरपुर मनोरंजन दिने योजना रहेको कुरा संस्थाका प्रतिनिधि जनक राज शाक्यज्युले बताउनु भएको छ  ।

जापानबासी नेपालीहरु उक्त दिन सकेसम्म जापानी साथीहरुलाई साथमा लिइ अगस्त २६ र २७ मा सकेसम्म धेरै जापानीहरुलाई सहभागि गराई नेपाल डे फेस्टिवल मा उपस्थित हुन् वर्ल्ड नेवा:अर्गनाईजेशन जापान  हार्दिक अनुरोध गर्दछौं   l

जापानी साथीहरुलाई फ्री मा हाकु पतासि सारीको व्यवस्था गरिएको हुनाले कार्यक्रम स्थलमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं l

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...