डोलेश्वरमा एक करोड रुपैयाँ संकलन

भक्तपुर, ७ भदौ । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भक्तजनबाट रु एक करोड ३ लाख ४० हजार ६०३ संकलन भएको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित मन्दिरमा लागेको एक महिने मेलामा भक्तजन एवं दाताले चढाएको भेटी र दानबाट उक्त रकम संकलन भएको मन्दिर संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

विसं २०७२ वैशाख १२ को महाभूकम्पले मन्दिरमा क्षति पु¥याएपछि समितिले रु ५५ करोडको लागतमा गुरुयोजना तयार पारेर मन्दिर एवं विभिन्न संरचनाको निर्माण सुरु गरेको छ ।

सोह्रौैँ शताब्दीमा भूपतिन्द्र मल्लले निर्माण गराएको यो मन्दिर १९९० सालको भूकम्पमा क्षतिग्रस्त भएको बताउँदै उहाँले अब प्यागोडा शैलीमा मन्दिर निर्माण हुने जानकारी दिनुभयो । मेलाबाट संकलिन रकम मन्दिरको गुरुयोजनामा उल्लेख गरिएका विभिन्न संरचना निर्माणमा खर्च गरिने बताइएको छ । रासस

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...