बोष्टनमा श्रीमद्भागवत महापुराण शुरु

अमेरिका (वासिंटन डिसी), २४ साउन । नेपाली सामुदायिक भवन निर्माणका लागि आइतबारदेखि अमेरिकाको बोष्टनमा श्रीमद्भागवत महापुराण सप्ताह यज्ञ शुरु गरिएको छ ।

नेपालका पं दीनबन्धु पोखरेलले श्रीमद्भागवतको वाचनसहित सप्ताह यज्ञ प्रारम्भ गर्नुभएको हो । सो सिलसिलामा आइतबार एक हजार आठ कलशयात्रा समेत गरिएको थियो ।

पशुपतिनाथ बुद्ध फाउण्डेशनको सहयोगार्थ आयोजित सप्ताहबाट उठेको रकमले बोष्टनमा एक सामुदायिक भवन बनाइने आयोजकले जनाएको छ । सप्ताहा व्रतबन्ध, गुन्यू चोलो, लाख बत्ती, चौरासी पूजा, तुला दान, दश दानलगायत विभिन्न कर्मकाण्डसमेत गरिने बताइएको छ । कार्यक्रममा लामा पाठ, बौद्ध शिक्षाको ज्ञानलगायत कार्यक्रमसमेत गरिने भएको छ । रासस

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...