शारदाको सारी फरर

तीज नेपाली नारीहरुको निकै महत्वपूर्ण पर्व हो । यो पर्व धर्मसँग मात्र जोडिएको छैन । बरु अर्थतन्त्र र गीत संगीत र साहित्यसँग पनि यो पर्वको महत्व छ ।
तीजका लागि चुरापोते, रातो सारीको खरिदविक्री त हुन्छ नै । पुजा सामग्रीको व्यापारले पनि अर्थतन्त्रलाई चलायमान बनाइरहेको हुन्छ । अझ गीतसंगीतबिनाको तीज कल्पनाभन्दा बाहिरको कुरा हो । त्यसैले तीज सुरु हुनुभन्दा निकै पहिलाबाटै गीत संगीत क्षेत्र तीज गीतसंगीतको तयारीमा जुटिसकेको हुन्छ । हरेक वर्षझैं यो वर्ष पनि त्यो क्रम रोकिएको छैन । बजारमा नयाँ नयाँ तीज गुन्जन थालिसकेका छन् । अहिले दर्शक स्रोतासम्म पुग्ने महत्वपूर्ण माध्यम बनेको युट्युबलगायतको सामाजिक सञ्जाल तीज गीतले नै भरिएका छन् ।
यही भिडमा संचार जगतमा लोकप्रियता हासिल गरिसकेकी शारदा थापा पनि मिसिएकी छन् । त्यसो त यो नै उनको पहिलो तीज गीत भने होइन, यसअघि पनि उनका तीज गीतहरु बजारमा आइसकेका छन् । यसपटक पनि उनले त्यो क्रमलाई तिरन्तरता दिएकी छन् ।
रेडियो, टेलिभिजनलगायतका माध्यममा छाइरहेकी शारदाले यो वर्ष सरी फरर बोलको गीत लिएर आएकी छन् । सारी फररको म्युजिक भिडियोसहित आएकी शारदाको गीत सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।
हाल एबीसी टेलिभिजन र टाईम्स एफ एममा कार्यरत जादुमय भर्सटाईल स्वर भएकी शारदाले आधा दर्जन गीतहरुमा स्वर दिइसकेकी छन् भने यो उनको दोश्रो तीज गीत हो । विनोद विश्वकर्माको शब्द संगीत रहेको गीततको म्युजिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी रहेको छ भने दिपेश थापामगरले निर्देशन गरेका छन् ।
युना राई मोडल रहेको तीज गीत सारी फररले बजारमा तीज गीतको बाहनामा आईरहेका भड्किला गीतहरुलाई राम्रै चुनौति दिएको छ । गीतमा अत्यन्त सरल शब्दमा हांसीखुशी तीज मनाऔ भन्ने सन्देश रहेको गायिका शारदाले बताइन् ।
तीज नारीहरुको वर्ष दिनमा आउने महत्वपूर्ण पर्व हो । चुरापोते, गीतसंगीत र धार्मिक विश्वासमा अडेको तीजलाई सभ्य र भव्य बनाउन यस्ता गीतहरुले महत्वपूर्ण योगदान पुराउने अपेक्षा गर्न सकिन्छ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...