चर्चित गायक जोहेवको अर्को एल्बम ‘तिम्रै चर्चा ‘ बजारमा

एकपछि सफल गीति एल्बम बजारमा ल्याउँदै चर्चाको शिखरमा पुगेका गायक जोहेब मानन्धरले पुनः अर्को नयाँ गीति एल्बम ‘तिम्रै चर्चा ‘ बजारमा ल्याएका छन् ।

आफ्ना अघिल्ला गीतहरु भन्दा फरक धारमा प्रस्तुत गरिएका गीतहरुको सँगालो ‘तिम्रै चर्चा’ बजारमा आएसँगै सन् २०१७ मा मात्रै जोहेबका चार वटा गीति एल्बम बजारमा आईसकेका छन् । आफ्नै शब्द, संगीत एवं स्वरमा विभिन्न स्वादका गीतहरु पस्किएर श्रोताहरुको मन जित्न सफल गायक जोहेबको पछिल्लो एल्बमका गीतहरुले समेत दर्शक एवं श्रोताहरुको मन जित्न सफल भईसकेका छन् । यसअघि मात्र उनको ‘म यस्तो गीत गाउँछु’ बोलको गीतको रिमिक्स भर्सनले ठूलो चर्चा बटुलेको थियो ।
बिगत लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा अत्यन्त सक्रिय रुपमा निरन्तर लागेर चर्चाको शिखरमा पुग्न सफल गायक जोहेब कतिपय गीति एल्बममा आफैं अभिनय समेत गर्दछन् । पछिल्लो एल्बम ‘तिम्रै चर्चा’ मा पनि आफैंले अभिनय गरेका उनको अभिनयलाई दर्शकहरुले समेत रुचाएका छन् । अभिनयको क्षेत्रमा भर्खरै प्रवेश गरेकी ममता गुभाजुसँग आफैं अभिनय गरेका गायक जोहेब र ममताको अभिनयले उक्त गीति एल्बम निकै नै उत्कृष्ट बनेको छ । जोहेबका प्रायः सबैजसो गीतहरुमा एरेञ्जरको भूमिका निभाउँदै आएका सन्दिप कार्कीले नै एरेञ्जरको काम गरेको उक्त गीति एल्बम निर्माणको सम्पूर्ण काम ए रस प्रोडक्सनका रन्धिर श्रेष्ठले गरेका छन् ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...