बिबिसी विश्व सेवाका नवीनसिंह खडकालाई नेपाली नेपाली डटकमले सम्मान गर्ने 

बिबिसी विश्व सेवामा वातावरण सम्वाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिंह खडका नेपाली नेपाली डटकमबाट सम्मानित हुने भएका छन् ।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँका जनजीविकामा परिरहेको असरका बारे रिपोर्टहरु गर्ने गरेका छन्। गएको बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर रिपोर्ट गरीसकेका खडकाले १५ वर्ष अघि बीबीसीमा काम गर्न शुरु गरेका हुन्।

त्यसअघि उनले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका सन्चारमाध्यममा काम गरेका थिए। दक्षिण एसियासंबन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन्। त्यसबाहेक उनले थुप्रै पुरष्कार र फेलोसिपहरु पनि पाएका छन्।

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले पत्रकार खडकालाई सम्मान गर्न पाउदा खुशी ब्यक्त गरे। उनले भने,” डायस्फोरावाट संचालित नेपाली अनलाईन मिडियाका गतिबिधिहरुमा अग्रजहरुको सहभागिताले अझ ठुलो हौसला र प्रेरेणा मिल्ने छ।”गत बर्ष मिडियाको कार्यक्रममा बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपाली सम्मानित भएका थिए।

फ्रयांकफर्टमा हुने कार्यक्रममामिडियाले “युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौतीको बिषयमा पनि बृहत छलफल गर्ने भएको छ।” बीबीसी नेपाली सेवाका भगीरथ योगी लगायत युरोपका सक्रिय पत्रकारहरुले सहभागिता जनाउदै छन्। एनआरएनको युरोपेली बैठक अगाडिको दिन कार्यक्रम भएको हुँदा नेपालबाट आउने विशिष्ट पाहुनाहरु,अग्रज पत्रकारहरु तथा युरोपको नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेपाली बालबालिकाहरु बारे बिशेष रिपोर्ट

यस्तै मिडियाले बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र सस्कृति सिकाउन प्रेरित गर्दै कार्यक्रमको पहिलो चरणमा बिशेष रिपोर्ट प्रस्तुत गर्दैछ।“हाम्रो भाषा र संस्कृति,पहिचानको आधार स्तम्भ” भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासहरुको बारेमा बिशेष रिपोर्ट प्रस्तुत गर्न लागेको हो।

गैर आबासीय नेपाली संघका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको उक्त समारोहबाट प्रत्येक राष्ट्रिय समन्वय परिषदले कम्तीमा एउटा नेपाली भाषा कक्षा संचालन गर्न प्रेरित गरिने भएको छ।

यस्तै मिडियाले हरेक बर्ष प्रदान गर्दै आएको “युरोप बर्ष व्यक्तित्व सम्मान” बाट एक जना सामाजिक अभियन्तालाई समेत सम्मान गर्ने भएको छ। यस बारे मिडियाले सोहि दिन घोषणा गर्ने छ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...