लामो समयसम्म मृतकको शब परिवारले नपाएपछि सहयोगको लागी पर्बत समाज युएइ लाई अपील 

निमकान्त पाण्डे, बरदुबाई।
वैदेशिक रोजगारीको शिलशिलामा यूएईको अबुधाबी स्थित एक कम्पनीमा कार्यरत पर्बत फलेबास न पा ४ मुडीकुव घर भएका जेतेन्द्र नेपालीले मई २२ मा आत्महत्या गरेका घर परिवारबाट जानकारी पाइएको थियो ।
उनी कार्यरत कम्पनीले सबै प्रक्रिया पुर्याई दुताबास कागज पत्र बुझाएता महिनौ दिन बितिसक्दा समेत शब नेपाल पुग्न नसकेको भन्दै मृतकका गाउले तथा पर्बत सेवा समाजका सदस्य रमेश तिबारी ले जिल्ला बासीको समस्या समाधानका लागी पर्बत सेवा समाज युएइ लाई सहयोगको लागी अपिल गएका छन।

तिवारीका अनुसार घटनाको जानकारी पाए पछि कम्पनीमा बुझ्दा भिसा केंसिल गरिसकेको साथै पोस्टमार्टमको रिपोर्ट नेपाली दूताबास बुझाई मृतकको शब हस्पिटलमा रहेको कम्पनी क्यामबोस ले जानकारी गराएको थियो तर लामो समय सम्म मृतक नेपालीको शब हस्पिटलमा नै थन्किएको बुझिएको हुदा नेपाल लैजान के कति कारणले दुताबासमा रोकिएको हो या कुनै प्रक्रिया बाकि रहेर भन्ने बुझ्न कठिन भएको निवेदनमा लेखेका छन।

समाजका अध्यक्ष परसुराम पौडेल का अनुसार दुताबास ले छिटै शबलाई नेपाल पठाउदैछ भन्ने जानकारी पाप्त भएको श्रोत लाई बताए साथै असामयिक दु:खद परीस्तीतीमा पर्बत सेवा समाज ले आफ्नो जिल्लाबासीलाई दुखको घडीमा साथ दिदै समस्या समाधानमा निरन्तर ध्यान पुर्याइएको समेत जनाएका छन ।
युएइको बसाईलाई बिटमार्दै नेपाल फर्कन लागेका मजदुर पत्रकार निमकान्त पाण्डे को बर दुबई स्थित चौतारी होटलमा बिदाई कार्यक्रमको अबसरमा उक्त बिषयलाई समाज ले क्षलफलको बिषयमा राखेको थियो।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...