नेपाली नेपाली टकमले फ्रैन्कफर्टमा तेश्रो वर्ष कार्यक्रम मनाउँदै

फरक फरक तरिकाबाट आफ्नो वार्कि कार्यक्रम मनाउँदै आएको नेपाली नेपाली डटकमले यो पटक विदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृति सिकाउन प्रेरित गर्दै युरोपमा बिशेष कार्यक्रमका साथ आफ्नो स्थापनाको तेश्रो वर्ष कार्यक्रम मनाउने भएको छ ।
जर्मनीको फ्रेन्कफर्टमा आगामी जुलाई २८ का दिन एक भव्य समारोहका बीच उक्र कार्यक्रम मनाउन लागिएको हो ।

युरोपको लोकप्रिय अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो तेस्रो बार्षिकोत्सवको अबसरमा “हाम्रो भाषा र संस्कृति,पहिचानको आधार स्तम्भ” भन्दै सन्देश मुलुक कार्यक्रम गर्न लागेको हो। गैर आबासीय नेपाली संघका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको उक्त समारोहबाट प्रत्येक राष्ट्रिय समन्वय परिषदले कम्तीमा एउटा नेपाली भाषा कक्षा संचालन गर्न प्रेरित गरिने भएको छ।

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले युरोपभर नेपाली बालबालिकाहरु कसरी नेपाली भाषा सिकिरहेका छन् यो बारे बिशेष भिडियो सामाग्री प्रस्तुत गरिने बताए। रानाभाटले भने,”हरेक बर्ष नयाँ-नयाँ सोचका साथ कार्यक्रम गर्ने कोशिस गरिरहेका छौ,यसपटक पनि बालबालिकाहरुको भविष्यलाई केन्द्रित गर्दै, नेपाली समुदायलाई केही सन्देश दिन सकिने गरी तयारी थालिरहेका छौ।”

देशमा बिनाशकारी भूकम्प गएको बर्ष “गाउँ फर्क अभियान” र गत बर्ष नेपालको पर्यटन प्रर्वद्वनका लागि बिशेष कार्यक्रम गरिएको थियो। स्पेनको बार्सिलोनामा सम्पन्न कार्यक्रममा बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान गरिएको थियो। “युरोप बर्ष व्यक्तित्व सम्मान” तथा कलाकारिता क्षेत्रबाट योगदान दिने व्यक्तित्वलाई पनि हरेक बर्ष मिडियाले सम्मान गर्दै आएको छ।

मिडियाले युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौतीको बिषयमा पनि बृहत छलफल गर्ने भएको छ। एनआरएनको युरोपेली बैठक अगाडिको दिन कार्यक्रम भएको हुँदा नेपालबाट आउने अग्रज पत्रकारहरु तथा युरोपमा रहेका सक्रिय पत्रकारहरुको उपस्थितिमा छलफल हुने अपेक्षा गरिएको छ।

कार्यक्रम बारे पूर्ण बिबरण
मिति:- जुलाई २८ तारिख,२०१७
स्थान :- HOTEL HOCHSTER HOF MAINBERG 3
65929 फ्रयांकफर्ट  जर्मनी
समय:- दिउँसो १२ देखि ३ बजे सम्म

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...