जी२० को बैठक ह्याम्बर्गमा सुरुहुदै

ह्याम्बर्ग (जर्मनी), २३ असार । जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुग्ने क्रम सुरु भएको छ ।

उक्त सहरमा शुक्रबारदेखि सम्मेलन सुरु हुन लागेको छ । सम्मेलन भोलिसम्म सञ्चालन हुने बताइएको छ । ह्याम्बर्गबाट प्राप्त समाचारअनुसार विश्वका नेताहरु शुक्रबार त्यहाँ पुग्ने क्रम सुरु भएको बताइएको हो ।

यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देश सदस्य रहेका छन् । ती देशका नेता यहाँ जम्मा हुनुभएको हो । उहाँहरुले विशेषगरी विश्वको वर्तमान आर्थिक अवस्था र एजेण्डका बारेमा छलफल गर्नुहुने छ ।

विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डका बारेमा सो सम्मेलनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ । तर प्राप्त अर्काे एक समाचारअनुसार ह्याम्बर्ग सहरमा भएको विरोध प्रदर्शनका क्रममा कैयौँ नागरिक घाइते भएका छन् ।
सो जि२० सम्मेलनको एजेण्डका विषयलाई लिएर यहाँ प्रदर्शन र झडप भएको बताइएको छ । सो झडपमा परी दर्जनौँ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ ।

त्यस क्रममा १५ जना प्रहरी पनि घाइते भएका छन् । ह्याम्बर्गको प्रहरीले ट्वीटरमार्फत दिएको जानकारीअनुसार सो स्थानमा १२ हजार जना विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

बिहीबार साँझ सो झडप भएपछि शान्ति सुरक्षाको कडा व्यवस्था गरिएको छ । प्रहरीको सङ्ख्या बढाउनुको साथै यहाँ जम्मा हुन लागेका नेताहरुको सुरक्षाको विशेष व्यवस्था मिलाइएको समाचारमा जनाइएको छ ।

सुरुमा शान्तिपुर्ण रुपमा जम्मा भएका प्रदर्शनकारीहरु पछि आक्रोषित बन्दा प्रहरीसँग झडप भएको हो । प्रहरीका अनुसार प्रदर्शनकारीहरुले हातमा ईटा र ढुङ्गा बोकी जुलुशमा सहभागी भएका र सुरक्षाकर्मीमाथि ती वस्तुले आक्रमण गरेकाले परिस्थिति तनावपूर्ण भएको बताइएको छ । रासस÷सिन्ह्वा

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...