NRN NCC, USA छेत्रीय उपाधक्ष पदको लागि उम्मेदवारी घोषणा

 
अमेरिकावासी प्रिय नेपाली दाजु भाई दिदी बहिनीहरु
जय नेपाली एकता
विस्वको सब भन्दा पुरानो प्रभावशाली नेपालीहरुको अन्तरराष्ट्रिय संस्था गैर आवाशिय नेपाली संघ, प्रवासमा रहने हामी सबै नेपालीको छाता संगठन हो साझा चौतारी हो। बिगत १४ बर्ष देखी अस्तित्वमा आएको यो  संस्था नेपाली मात्रको लागि उपयोगी संस्था हो। आप्रवासन सम्बन्धमा अमेरिकाको वर्तमान अन्योलपूर्ण  अवस्थालाई मध्य नजर गर्दा एन आर एन मार्फत नेपाली एकतालाई टेवा पुर्‍याउनु अपरिहार्य भएको छ। यो संस्थालाई जनप्रिय उपयोगी बनाउनु हामी सबैको लागि फलदायी हुनेमा दुई मत छैन।
सङ्ग परीचित मेरा इष्टमित्रहरुलाई मेरो समाजसेवा प्रतिको झुकाव लगानी बारे जानकारी भएकै कुरा हो। यसै पृष्ठभूमीमा एन आर एन को आगामी नेत्रित्वको चयन हुन लागिरहेको वर्तमान परीप्रेक्षमा मैले पनि एन आर एन अमेरिकाको नेत्रित्व पँक्तीमा समावेस भई यो संस्था नेपाली दाजु भाई दिदी बहिनिहरुको हात बलियो बनाउन एन आर निर्वाचनमा उम्मेदवारको रुपमा अघी आउने आकांक्षा राखेको कुरा विदितै होला भन्ने विश्वास लिएको छु।  मैले साथीहरु सङ्ग सल्लाह सुझाव लिनको लागि महा सचिवमा उठे कसो होला भन्ने फेस बुक मार्फत सन्देश सम्प्रेशण गरेको थिएँ। यो बिच मेरा प्रिय मित्रहरुले अत्यन्त स्नेह सह्रिदयता देखाउनु भएको लागी आभार व्यक्त गर्न चाहन्छु। यो विच फेसबुकको कमेन्ट भन्दा पनि बाहिर साथीहरुले अली फरक विचार समेत् सम्प्रेशण गरेकोले धेरै बिचार  विमर्ष पस्चात मिती मार्च , २०१७ मा सान फ्रान्सिस्कोमा सम्पन्न एन आर एन को बिशेष समारोह मार्फत एन आर एन एन सि सि यु एस् को क्षेत्रिय उपाधक्ष पदमा उम्मेदवार दिएको कुरा सम्पूर्ण मित्रहरुमा अवगत गराउँदै सहयोगको लागि आव्हान गर्दछु।   
मलाई लाग्छ, मेरो शैक्षिक योगता, समाजसेवामा  मेरो लामो अनुभव लगानीको आधारमा यो पदको लागि योग्य तथा सक्षम छु। मलाई राम्रो सङ्ग   नचिन्ने प्रिय नेपाली दाजु भाई दिदी बहिनीहरुसङ्ग परीचित हुने उत्कट  इच्छा राख्दै तपाईंहरुको घर आङ्गनमा प्रत्यक्ष आएर, फोन, ईमेल  तथा सामाजिक सन्जाल र संचार माध्यम मार्फत मेरो सन्देश पस्कने प्रण गर्दछु।  सम्पूर्ण प्रियहरुलाई एन आर एन को सदस्यता लिन पनि हार्दिक अपिल गर्दछु। उम्मेदवारहरु मध्य मेरो उचित  मुल्याङ्कन गर्दैमलाई सेवा गर्ने मौका प्रदान गर्न हुन हार्दिक अपिल गर्दछु।
 
मणी नेपाली पनेरु
छेत्रीय उपाधक्ष उम्मेदवार
एन आर एन एन सि सि, यु एस्

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु