भ्यालेनटाइन डेको अवसरमा प्रेमलाप  गीतको म्युजिक भिडियो सार्वजनिक 

स्कटल्याण्ड, युके ।
सुमुधुर स्वरका युवा गायक नारायण धितालको  गीत “देखे तिमीलाई” को म्युजिक भिडियो भ्यालेनटाइन डे  को अवसरमा सार्वजनिक  गरिएको छ। गायक नारायण धितालकै संगीत र  शब्द रहेको  उक्त  गीत स्कटल्याण्डको रमणनिय स्थानमा छायांकन  गरिएको छ। हाल बेल्जियम रहेका गायक धितालले करिब करिब पन्ध्र वर्ष  अघि अहिलेका चर्चित कलाकार हरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष  गन्धर्ब संगीत पाठसलाम गायन र संगीत अध्ययन गरेका थिए। गायक धितालले २०६० र २०६७ सालमा गरि दुइटा आधुनिक गीतको एल्बम निकालेका थिए।
 भ्यालेनटाइन डेको प्रेमलाप  कथामा बनाइएको उक्त   म्युजिक भिडियोमा अन्जना घले र सुबास सापकोटाले     अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीले गरेका छन्।  निर्देशक रेग्मी ले यस अघि   गायकहरु रामकृष्ण ढकाल,  नबिन के भट्टराई, सत्यराज आचार्यका चर्चित गीतहरुको म्युजिक भिडियो निर्दशन गरिसकेका छन् भने सट  मुभिहरुको समेत बनाएका छन्।  म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियो   https://www.youtube.com/watch?v=KraXu0eTWZ0 मा  हेर्न सकिन्छ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...