नायिका मञ्जिता आखिर कोसँग विवाह गर्न चाहन्छिन् (भिडियो सहित)

अहिलेकी व्यस्त एंव चर्चित मोडल तथा नायिका मञ्जिता केसीको युवा सञ्चारकर्मी तथा मोडल कुशल खत्रीसँग विवाह भएको छ ।  उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । यो वास्तविकता नभई आधुनिक गीत रहरको म्युजिक भिडियोको दृश्य हो ।  लोकप्रिय संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीत रहेको यस गीतको रचना युवा सञ्चारकर्मी मनोज थापाले गरेका हुन् ।

आधुनिक गीत रहरकोे म्युजिक भिडियोमा चर्चित मोडल एंव नायिका मञ्जिता केसी, सञ्चारकर्मी तथा मोडलद्धय कुशल खत्री, राजेन्द्र लुईटेल, अभिनेत्री रश्मि भट्ट तथा हास्यकलाकार सुरेन्द्र केसीको अभिनय रहेको छ । मायामा धनले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्ष र कसैको सानो त्याग र सहयोगले मायाका जोडिले पाएको खुशीलाई भिडियोमा देखाउन खोजीएको निर्देशक तथा गीतकार मनोज थापाले बताए । गीतको भिडियोलाई सन्देशमुलक बनाउन खोजिएको छ ।  धेरै मेहनत गरेको कारण दर्शक स्रोताले मन  जित्नेमा निर्देशक तथा गीतकार थापा आशावादी छन् ।  उत्कृष्ट गीत भएको कारण पनि भिडियो राम्रो बनेको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु बताउँछन् ।
चोभार, बानेश्वर, टेकु तथा कुलेश्वरमा छायांकन गरीएको उक्त गीतलाई अहिलेका व्यस्त छायांकार अमृत सुनुवारले छायांकन गरेका छन् । म्युजिक भिडियो निर्देशन भने सञ्चारकर्मी तथा गीतकार मनोज थापाले नै गरेका छन् । भिडियो माधव वेल्वासेको सम्पादन गरेका छन् ।  रेस्पोन्सिभ भिडिया प्रा.लिले गीतलाई बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...