ad image
ad image
ad image

सहिमाको यो मौसम पनि कति रमाइलोमा सारिकाले मर्काइन कम्मर

0
Shares
सहिमाको यो मौसम पनि कति रमाइलोमा सारिकाले मर्काइन कम्मर

गायिका सहिम श्रेष्ठको ‘यो मौसम पनि कति रमाइलो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् अभिनयमा । राजकुमारकै शब्द तथा सङ्गीत रहेको गीतमा हरि लम्सालको एरेन्ज रहेको छ ।
रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
चलचित्र, म्युजिक भिडियो एवम् विज्ञापनहरुबाट धेरै दर्शकको मन मष्तिकमा राज गर्न सफल सारिका पछिल्लो समय गायिकाको रुपमा पनि स्रोता माझ आएकी छिन् । उनको पहिलो गीति एल्वम ‘मोहनी’ केही समय अघि सार्वजनिक भएको थियो ।

४ मंसिर २०७४, सोमबार ११:५२ मा प्रकाशित
ad image