ad image
ad image
ad image

५६ जना मन्त्री किन चाहियो :एमाले अध्यक्ष ओली

0
Shares
५६ जना मन्त्री किन चाहियो :एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पु¥याएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

आज चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताउनुृभयो । “यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?” ओलीले भन्नुभयो ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी गर्नुभयो ।

चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उहाँले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाउनुभयो । चुनाव नहुने षडयन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उहाँको भनाइ थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले टीका, माला र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

४ आश्विन २०७४, बुधबार ००:४४ मा प्रकाशित
ad image