विश्वास लामाद्वारा लेखित मेरो मन जलाएरको भिडियो सार्वजनिक

mero-manनेपाली भाषी भूटानी गीतकार विश्वास लामाद्वारा लेखित गीत मेरो मन जलाएरको भिडियो आज सार्वजनिक भएको छ ! विश्वास लामा भुटानमा जन्मिएर नेपालको खुदुनाबारी झापामा शर्णाथीको रुपमा बस्दै आउनु भएको थियो !

हाल पुनर्बास पछि गीतकार विश्वास क्यानाडाको न्यू फाउण्ड ल्यान्डमा बस्दै आउनु भएको छ ! सानै देखी कविता, गजल अनि गीत लेखनमा रुची राख्ने विश्वास लामाले थुप्रै पत्र पत्रिका अनि पुस्तकहरुमा आफ्नो सृजना छपाइ सकेका छन् ! यस गीतमा नेपाली भाषी भुटानी युवा गायक लोकेश गुरुङको सुमधुर आवाज रहेको छ ! यस गीत प्रतिक्ष्य एल्बमबाट लिएको हो ! यसै एल्बमबाट रहेको एउटा गीत पुर्णिमाको चन्द्रमालाईबाट गायक लोकेश गुरुङ चर्चाको शिखरमा पुगेका थिए !

यस गीतलाई नेपाली भाषी भुटानी गायक तथा संगीतकार किरण गजमेरले संगीत भरेका हुन ! संगीतकार गजमेर अहिलेको चर्चित नेपाली भाषी भुटानी युवा सर्जक हुन ! साथै यस गीतलाई बन्दिपुरको तनहुँ , कलाकार जीवन गुरुङ र जारा सुब्बाको जिबन्त अभिनय रहेको छ ! कलाकार गुरुङ हाल दुबाइमा बस्दै आउनु भएको छ ! कलाकार गुरुङले यो भन्दा अगाडि केही म्युजिक भिडियोहरुमा आफ्नो कला प्रस्तुत गरी सकेका छन् ! यस गीतको छायाकन तथा सम्पादन आशिकी बेन्डिगोसले गरेका हुन ! आफ्नो आगान, घर अनि देश देखी टाढा रहे पनि यस गीतका सम्पूर्ण सर्जकहरुले आफ्नो कला , संस्क्रिति ,भाषा अनि साहित्य कहिले टाढा नरहेको बताउछन् !

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...