सुजनाको प्रेममा भक्कानिय सुर्य (भिडियोसहित)

suryaगायक प्रमोद खरेलको स्वर तथा पछिल्लो समय उदायमा गीतकार सुर्य श्रेष्ठको शब्द रहेको ‘पारी नतर्दै ..’बोलको गीतमाथी बनेको भिडियो सार्वजनिक भएको छ ।
युट्युव मार्फत सार्वजनिक भएको यो गीतमा सचिन गिरीले संगीत दिएका छन् । निकै मार्मित यो गीतमा भिडियो पनि त्यस्तै बनाइएको छ । भिडियोमा गीतकार समेत रहेका मोडल सुर्य श्रेष्ठ र सुजना ढुङ्गानाले अभिनय गरेका छन् । गीतको भिडियो हरपल गुरुङ्गले निर्देशन गरेका हुन् ।
चलचित्र सिलसिला, र टेलिचलचित्र यसपालीको दशै, झ्याइक्टी झ्याई, दशै होकी दसा लगायत केहीमा राम्रो अभिनय कौसल प्रस्तुत गरिसकेका सुर्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा पनि देखिदै आएका छन् ।
नाम र इज्जत कमाउने अभिलासाले कला क्षेत्रमा होमिएका सुर्य  बिसतारै फड्को पनि मार्दै छन् यसै क्षेत्रमा । सार्वजनिक म्युजिक भिडियोको बारेमा भने उनले यसो भने ‘भिडियो मैले निकै मेहनत गरेर अभिनय गरेको छु ,दर्शकले पनि मनपराई दिनु हुन्छ होला ।’

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...