ad image
ad image
ad image

घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान आचार्य पक्राउ

0
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ ।
पक्राउ परेका आचार्यलाई आयोगले आज सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताउनुभयो ।

२८ कार्तिक २०७४, मंगलवार २०:५५ मा प्रकाशित
ad image