ad image
ad image
ad image

आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन

0
Shares
आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन

बुटवल ।नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले यस क्षेत्रको समग्र विकासका लागि आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजय हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को रुपन्देही निर्वाचन क्षेत्र नं २ स्थित बुटवल उपमहानगरपालिका–१३ मा संयुक्त प्रचार–प्रसार कार्यालयको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो —“मुलुकको आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन भएको छ ।”

रुपन्देही क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले जिल्लाकोे समग्र विकासका लागि छ लेन सडक, विमानस्थल निर्माणको काम, बेलबास–बेथरी सडक निर्माण, दानव नदी तथा तिनाउ नदीको व्यवस्थापन, सिद्धबाबा सडकको सुरुङमार्ग वा वैकल्पिक मार्ग, कालीगण्डकी डाइभर्सन, नारायणगढ–कोहलपुर सडक निर्माण, केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग जस्ता आयोजनाका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यसमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको छ भन्नुभयो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका निर्मल जिसी र टीका ओली, एमालेका गोपाल राना, राजु गुरुङ र मोहन गौडेललगायतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।

२८ कार्तिक २०७४, मंगलवार २०:५४ मा प्रकाशित
ad image