ad image
ad image
ad image

मलेशियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश

0
Shares
मलेशियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश

नेपाल र मलेशियाबीच भएको एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा मलेशियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
शनिबार मलेशियामा भएको नेपाल र मलेशिया बीचको सेमी फाईनल खेलमा पहिलो ब्याटिड. गरेको धरेलु टोली मलेशियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३.१ओभरमा बिना कुनै विकेटको क्षतिमा पुरा गर्यो ।

नेपाली ओपनर ब्याट्सम्यानद्वय सन्दिप सुनार र आसिफ शेखको सफल साझेदारीले नेपाललाई फाइनलमा पुर्याएको हो । सन्दिप ५७ रनका साथ अविजित रहे भने आसिफ ५० रनमा नट आउट रहे ।
टस जितेर नेपालले मलेशियालाई ब्याटिड.को लागि निम्तो दिएको थियो । जसमा मलेशियाले ४२ ओभर खर्चिएर १२१ रन बनाएर अल आउट भएको थियो ।
सेमीफाईनल खेलमा नेपालका बलर दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिँदै मलेशियाको स्कोर खुम्च्याउन सफल भए । कूल ८ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिएका थिए । त्यसैगरी अर्का नेपाली बलर पवन सर्राफ २, रोहित पौडेल १, साहब आलम १ र सन्दिप लामिछानेले १ विकेट लिए ।
सेमीफाईनलमा जित हात पार्दै फाइनल प्रवेश गरेको नेपालले आइतबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

३१ भाद्र २०७४, शनिबार १६:५५ मा प्रकाशित
ad image