ad image
ad image
ad image

‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ

0
Shares

मंगलबारे, इलाम । तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा कहलिएको इलामको गोदकलाई अर्गानिक बनाउन पहल थालिएको छ ।

रासायनिक मल र विषादी प्रयोग गरेको समाचार बाहिर आएपछि चिन्तित बनेका इलाम नगरपालिका गोदकका किसानले गाउँलाई अर्गानिक बनाउन पहल थालेका हुन् ।

सोमबार एक कार्यक्रमबीच इलाम नगरपालिका–१० मा आयोजित कार्यक्रममा ‘अर्गानिक गोदक’ को शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सो अभियानको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा पशु सेवा कार्यालय इलामका पशु चिकित्सक डा पशुपति ढुंगाना, महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक डा योगेन्द्रमान श्रेष्ठ, इलामका इतिहासविद् युद्धप्रसाद वैद्यलगायतले कार्यक्रममा मन्तव्य राख्दै यो अभियान सफल बनाउन जिल्लावासी तथा जिल्लास्थित सम्बन्धित निकाय नै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

स्थानीय फ्रेन्डसिप युवा क्लब तथा फ्रेन्डसिप सहकारी संस्थाले संयोजन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था तथा ३०० भन्दा बढी किसानको सहभागिता रहेको थियो ।

अब गोदकमा उत्पादन हुने खाद्यान्न, फलफूल तथा तरकारी अर्गानिक बनाइने किसानले प्रतिबद्धता जनाएका थिए ।

२८ कार्तिक २०७४, मंगलवार १०:४५ मा प्रकाशित
ad image