ad image
ad image
ad image

निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क

0
Shares

भोजपुर। भोजपुरबाट समानुपातिक उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसकी नेत्री माया राईले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभएको छ ।

यसअघि आफूले जिल्लाको ग्रामीण समुदायमा पुल पुलेसा, बाटोलगायतका थुप्रै विकासको काम गरिसकेकाले झनै जित सुनिश्चित रहेको दाबी गर्नुभयो । त्यस्तै, नेकपा (एमाले)की नेत्री सिर्जना राईले पनि आफू सधैँ भोजपुरकोे विकासमा लागिपर्ने आश्वासन दिनुभएको छ ।

यता नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिनुभएका दुर्गा राईले महिला पनि निर्णायक तहमा पुग्नका लागि महिलाले चुनाव जित्न आवश्यक रहेको बताउनुभयो । संघीय समाजवादी फोरम नेपालकी नेत्री सविना राईले भने महिला हक अधिकारको आवाज उठाउन महिला उम्मेदवार जिताउन आग्रह गर्नुभयो ।

महिलाको हक अधिकारको आवाज बुलन्द गर्नुका साथै महिला पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत जित आवश्यक रहेको उहाँको भनाइ छ ।

भोजपुरमा प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि महिलाको उम्मेदवारी शून्य रहे पनि समानुपातिकमा चार महिला चुनावी मैदानमा उत्रिएका छन् ।

२८ कार्तिक २०७४, मंगलवार १०:४४ मा प्रकाशित
ad image