ad image
ad image
ad image

जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने

0
Shares

जाजरकोट।  पूर्व गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले जाजरकोटलाई शिक्षित, सभ्य र समृद्ध बनाई पश्चिम नेपालको गौरवका रुपमा चिनाउने अठोट व्यक्त गर्नुभएको छ ।

गर्खाकोटमा सोमबार भएको कार्यक्रममा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनबाट उम्मेदवार रहेका बस्नेतले आफूले जिल्लाको समृद्धिको आधार चित्र कोरेको बताउनुभयो ।

अबको पाँच वर्षभित्रै अरु जिल्लाको तुलनामा पनि गौरव गर्न लायक जाजरकोट बनाउने उहाँले उद्घोष गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका आधारभूत विषयलाई तत्काल सम्बोधन गरी एक वर्षभित्रै प्रत्येक गाउँ सडक सञ्जालमा जोड्ने उहाँको भनाइ छ ।

पूर्व गृहमन्त्री बस्नेतले जाजरकोटको अर्छानीमा रहेको टुर्मालिन काइनाइट ढुंगा, बारेकोटमा रहेको फलाम र भुरचौरमा रहेको कोइलाखानीलाई उत्खनन गर्न विशेष योजना अगाडि बढाई सयौँको रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

अन्तर्राष्ट्रिय पुलका रुपमा रहेको भेरी करिडोर राजमार्ग निर्माण गरी भारतको रुपैडियादेखि चीनको तिब्बतको (धो) सम्म जोड्ने कामलाई मूर्तरुप दिइने र त्यसबाट जिल्लाले उल्लेख्य फाइदा लिने पनि उहाँको तर्क छ ।

२८ कार्तिक २०७४, मंगलवार १०:४३ मा प्रकाशित
ad image