ad image
ad image
ad image

एडेक नेपालद्वारा बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान

0
Shares
एडेक नेपालद्वारा बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान

 

बिपन्न एवं असहाय बालबालिकाहरुको सेवामा समर्पित एडेक नेपालले सधैं झैं यसपटक पनि बाल दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी ५० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
बाल दिवसका अवसरमा बिहीबार आयोजित शैक्षिक सामाग्री हस्तान्तरण एवं सम्मान तथा अन्तरक्रिया कार्यक्रमका बीच स्कूल व्याग, स्टेशनरी लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि माननीय सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत लगायत बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बराल, बरिष्ठ कलाकार श्रीकृष्ण सिंखडा, गोर्कणेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल , जिल्ला समन्यव समिति काठमाडौंका सदस्य सान्नानी लामा , गोर्कणेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष मनोज ढुंगाना , वागमी उच्चस्तरीय एकिकृत विकास समितिका आयोजना प्रमुख ज्योती कुमार श्रेष्ठ , इष्टपोल मा।विका प्रिन्सिपल राजेश राई आदि विशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो ।

हरेक वर्ष बाल दिवसका दिन यस्तै कार्यक्रमहरु गर्दै आईरहेको एडेक नेपालले विशेषतः असहाय एवं विपन्न बालबालिका तथा सडक बालबालिकाहरुलाई संरक्षण दिंदै उनीहरुलाई सत्मार्गमा हिंडाउने दिशामा आफूलाई उभ्याएको संस्थापक प्रकाश अधिकारीले बताएका छन् ।

 

३० भाद्र २०७४, शुक्रबार ००:३३ मा प्रकाशित
ad image