ad image
ad image
ad image

केन्द्रीय सरकारको नियन्त्रण अस्विकार

0
Shares

बार्सिलोना  । केन्द्रीय सरकारद्वारा हटाएको भनिएका क्यटलोनियाका क्षेत्रीय नेता चाल्र्स पुज्डमोनको पद कायमै रहेको त्यहाँका उप–नेताले बताउनुभएको छ ।

उपनेता अरिअल जङ्करले “उहाँ कायमै हुनुहुन्छ र कायमै भइरहनुहुने छ,” भन्दै जिम्मेवारीबाट हटाएको निर्णयलाई अस्विकार गर्नुभयो ।

“यस क्षेत्रको नेता अहिले पनि चाल्र्स पुज्डमोन नै नै हुनुहुन्छ र उहाँ नै हुनुहुने छ,” स्थानीय एक पत्रिकामा उहाँले लेख्नुभएको छ ।

क्याटलोनियाको क्षेत्रीय सरकार र संसद्लाई भंग गरेर क्याटलोनिया क्षेत्रमा केन्द्रीय सरकारको प्रत्यक्ष शासन लागु गर्ने निर्णय भइसकेपछि उहाँले यस्तो लेख्नु भएको हो ।

लेखमा उहाँले अहिले पनि क्याटलोनियाको उपराष्ट्रपतिकै रुपमा हस्ताक्षर समेत गर्नुभएको छ ।

क्याटलोनियामा प्रत्यक्ष शासन लागु गर्ने केन्द्रीय सरकारको निर्णयलाई केन्द्रीय संसद्ले अनुमोदन पनि गरेको छ ।

स्पेनले शनिबारदेखि लागु हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन शुरु गरेको छ । स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाइसमेत बर्खास्त गरेको जनाएको छ ।

केन्द्र सरकारले उप–प्रधानमन्त्री सोराय साएन्ज डे सान्तमारियालाई क्याटलोनिया क्षेत्र हेर्नेगरी जिम्मेवारी तोकेको छ ।

क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो । रासस÷एएफपी

१२ कार्तिक २०७४, आईतवार १८:३० मा प्रकाशित
ad image