ad image
ad image
ad image

क्यान्सर काउन्सिल नेपालद्धारा क्यान्सरसम्बन्धी एक दिवसीय बृहत्तजनचेतनामुलककार्यक्रम सम्पन्न

0
Shares
क्यान्सर काउन्सिल नेपालद्धारा क्यान्सरसम्बन्धी एक दिवसीय बृहत्तजनचेतनामुलककार्यक्रम सम्पन्न

काठमाडौं । क्यान्सर काउन्सिल नेपालको आयोजनामाआजललितपुरको लिटिल एन्जल्स् स्कुलमा ‘क्यान्सर तथा मुटु रोगको बारेमा’ एक दिवसीयअन्तरक्रियातथाजनचेतनामूलककार्यक्रम सम्पन्नभएको छ ।
आईतबार ललितपुरको हात्तिवनस्थित् स्कुलको एक हलमाउक्तकार्यक्रम सम्पन्नभएको हो । कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीद्धारा नेपालमानसर्ने रोगहरुको प्रमुखकारण नै सूर्तीजन्यपर्दाथको सेवन, आधुनिककिसिमको जीवनशैली, अस्वस्थकर खानपान र पर्याप्तशारिरिक व्यायामको अभाव रहेको बताए ।
डा. रेग्मीकाअनुसार सुर्तीजन्यपर्दाथलाई मात्रै रोकथामगर्न सकेमा नेपालमा ५० प्रतिशतउपचार खर्चमाकमीआउने र स्वस्थ समाजनिर्माणको लागि टेवापुग्नेछन् । उनले थपे,‘विद्यालयस्तरबाट नै विद्यार्थीहरुलाई सुर्तीजन्यपदार्थको सेवनगर्नुहुँदैन भनेर सचेत गराउनुपर्छ, त्यस्तै सन्तुलितभोजन सेवन र नियमितशारिरिक व्यायामगर्नुपर्छ, तर हामीहरु अहिले यी सबै कुराहरुलाई बिर्सिएर आधुनिकजीवनशैलीअपनाईरहेका छौं, असहज रुपमामोटोपन नै मानवजीवनको लागि अभिषापसिद्ध भएको छ ।’
काउन्सिलकाअध्यक्ष रुद्रलाल कडरियाको संयोजनमा सम्पन्नउक्तकार्यक्रममाबोल्दै डा. रेग्मीले यस्ता खाले जनचेतनामूलककार्यक्रमहरुलाई निरन्तरतादिनुपर्नेमाजोड दिए । उनले थपे,‘विकसित देशहरुमाजनचेतना कै कारण मानिसहरु स्वस्थजीनवशैलीप्रति सचेत छन्, तर हाम्रो जस्तो देशमायी कुराहरुलाई सामान्य रुपमालिईन्छ, त्यसैले गर्दा स्वास्थ्यसम्बन्धी जटिल समस्याहरु हामीहरु भोग्नबाध्यभएका छौं, अबक्यान्सर काउन्सिलले यस्ता खाले कार्यक्रमहरुलाई देशव्यापी रुपमा लैजानुपर्छ, अझभन्ने हो भने विद्यालयस्तरमा त झनै यसको धेरै महत्व छ।’
कार्यक्रममाउक्त स्कुलकाप्रिन्सिपलमुकुन्दराजशर्माले पनिआफ्नाविद्यार्थीहरुलाई सचेतना गराउने उद्देश्यले काउन्सिलले यस्तो कार्यक्रम गरेर धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममाविद्यार्थी, शिक्षकतथाअन्यव्यक्तिहरु गरेर करिब ५ सय जनाको सहभागिता रहेको अध्यक्ष कडरियाले जानकारी दिए ।

२९ भाद्र २०७४, बिहीबार २१:४२ मा प्रकाशित
ad image